चलचित्र ‘रेस ३’ को ट्रेलर सार्वजनिक

सलमानले बबीलाई भने– ‘बबी देओल अब बडी देअोल बनिसके’

मुम्बई । बलिउड सुपरस्टार सलमान खानको नयाँ बलिउड चलचित्र ‘रेस ३’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

मुम्बईको जुहूमा आयोजित एक कार्यक्रममा चलचित्र सेलिब्रेटी सलमान खान, बबी देओल, ज्याकलिन फर्नान्डिस, डेजी साह, अनिल कपुर र फ्रेडी दारुवाला उपस्थित रहेका थिए । ट्रेलर सार्वजनिक कार्यक्रममा संसारभरिका सबै फ्यानहरु सुपरस्टार सलमान खानलाई हेर्नका लागि ३६० डिग्री फर्म्याटमा हेरेका थिए ।

कार्यक्रममा सलमान खानले बबी देओललाई भने– ‘बबी देओल अब बडी देओल बनिसकेका छन् ।’ बबीले जवाफ दिँदै सलमानलाई ‘मामू’ बोलाउँदै भने, “मामू मेरा भगवान हुन् । उनले मलाई विश्वास गरे ।”

कार्यक्रममा जज्याकलिन फर्नान्डिसले सलमानको प्रशंसा गर्दै भनिन्– “मलाई सलमान खानले निकै ठूलो गुण लगाएका छन् । चलचित्र ‘किक’ मेरो करियरमा एक टर्निङ प्वाइन्ट प्रमाणित भएको थियो ।”

चलचित्रको बारेमा बताउँदै सलमानले भने,” समयको कमीका कारण मैले चलचित्र ‘रेस’ र ‘रेस २’ हेर्न पाएका थिएन । तर यो एकदम राम्रो रहेका छ । अहिले  ‘रेस ३’ मा आफ्नो इनपुट हाल्न पाएँ, खुसी लागेको छ ।”

चलचित्र ‘रेस ३’ को यही वर्ष इदमा रिलिज हुने भनिएको छ ।

 

 

हेर्नुहोस् ट्रेलर भिडियो-

कमेन्ट गर्नुहोस्