उत्तरकोरियाले दियो चेतावनी, अमेरिकी दवाव जारी रहे वार्ता रद्द

प्योङयोग । उत्तर कोरियाले आफ्नो आणविक हतियार नष्ट गर्न एकतर्फी रुपमा अनावश्यक दववद दिए आगामी महिनाका लागि अमेरिकी राष्ट्रपति ट्रम्पसँग तय भएको वार्ता रद्द गर्ने चेतावनी दिएको छ ।

उत्तरकोरियाले दक्षिण कोरियासँगको वार्ता यसअघि नै रद्द गरिसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तरकोरियाली नेता किमबीच आगामी १२ जूनका लागि सिंगापुरमा शिखर वार्ता गर्ने कार्यक्रम छ ।

वार्ता अघि नै उत्तरकोरियाले आफ्नो आणविक हतियार नष्ट गर्ने प्रतिवद्धता जनाइसकेको छ ।

उत्तरकोरियाले भनेको छ, ‘ अमेरिकाले बेतुको हल्ला गरेर उकसा रहेको छ । उत्तरकोरियाली समाचार संस्था केसीएनएले उपविदेश मन्त्री किम काई–ग्वानलाई उधृत गर्दै लेखेको छ, ‘अमेरिकाले आफ्नो अडानमा कुनै परिवर्तन गरेन भने अमेरिकासँग आगामी जूनमा प्रस्ताव गरिएको शिखर वार्तामा सहभागी हुने नहुनेबारेमा हामीले पनि फेरि सोच्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!