दमदार संवादहरूले भरिपूर्ण छ रेस ३-‘परिवारको लागि कसैको ज्यान लिन परेपनि हामी पछि हट्ने छैनौं’

मुम्बई । बलिउड सुपरस्टार खानको मोस्ट वाण्टेड मुभी ‘रेस ३’ को ट्रेलर हालै सार्वजनिक भएको छ ।

करीब साढे ३ मिनेटको उक्त ट्रेलरमा सलमान खान ताबडतोड एक्सन गर्दै देखा परेका छन् ।

यतिमात्र होइन कि उक्त ट्रेलरमा उनको डाइलग डेलिभरी पनि एक दमदार रहेको छ ।

ट्रेलरको सुरुमा सलमान डायलग्स बोल्दै ‘यो रेस जिन्दगीको रेस हो ।’ कसैको जिन्दगी लिएर नै समाप्त हुने छ ।’

सलमानबाहेक ट्रेलरमा बबी देओल, जैकलीन फर्नाडिज, डेजी साह, अनिल कपुरको पनि जबरदस्त डाइलग डेलिभरी रहेको छ ।

उनको एउटा डाइलग प्रसिद्ध हुनसक्छ जसमा उनले भन्छन्- “रिसाएर गरेको कुनै पनि निर्णय खतरनाक हुन्छ, त्यसैले पहिले मैले निर्णय गरे र अनि रिसाएँ, धेरै रिसाएँ।”

चलचित्रको निर्देशन रेमो डिसूजा गरेका हुन् ।

यो भन्दा अघि रेमोले ‘एबीसीडी’ र ‘एबीसीडी २’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्र यो वर्षको इदको अवसर पारेर १५ जुनमा रिलिज हुने भएको छ । उक्त चलचित्र बक्स अफिसमा दक्षिण भारतका सुपर स्टार रजनीकांत अभिनित ‘काला’सँग भिड्ने समाचार समेत यस अघि आइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: