सन्दीप लामिछानेले आइसीसीबाट वेष्टइन्डिजविरुद्ध लर्डसमा टी–२० खेल्ने

काठमाडौं, जेठ २ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले वेस्ट इन्डिजविरुद्ध मे ३१ मा इङ्ल्यान्डको लर्डस मैदानमा हुने टी–२० खेलका लागि नेपालका स्पीनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेको छ।

आइसिसी–११ मा सन्दीपलाई समावेश गरिएको हो। बंगलादेशका स्पिनर सकिब अल हसनले नाम फिर्ता लिएपछि आइसीसीले सन्दीपलाई टोलीमा समावेश गरेको हो।

इङ्ल्यान्डका कप्तान ओइन मोर्गनको कप्तानीमा रहेको आइसीसी–११ मा पाकिस्तानका साहिद अफ्रिदी, ब‌ंगलादेशका तामिम इकबाल, भारतका दिनेश कात्तिक, अफगानिस्तानका रसिद खान, न्युजिल्यान्डका मिचेल म्याकलेनघान, पाकिस्तानका सोएब मलिक, भारतका हार्दीक पान्ड्या, श्रीलंकाका थिसरा परेरा र न्युजिल्यान्डका लुक रोँची छन्।

आइसिसीले विश्वभरका सदस्य देशबाट उत्कृष्ट खेलाडी छनोट गरी टिम बनाएर टी–२० विश्व च्याम्पियनविरुद्ध खेलाउन लागेको हो। वेस्ट इन्डिजबिरुद्धको उक्त खेलमा सन्दीपले खेल्ने पक्का छ।

आइसीसी टोलीमा रहेका अफ्रदी, रसिद र सन्दीप स्पीनर हुन। अफ्रिदी पूर्वविश्व नम्बर १ र रसिद वर्तमान नम्बर १ बलर हुन्।

यस खेलबाट उठेको रकम आधीबेरीका कारण क्यारेबियन क्षेत्रमा भत्किएको रंगशाला पुनर्निर्माणमा खर्च गरिने छ।

इन्डियन प्रिमियर लिग (आइपीएल) को ११ औं संस्करामा सन्दीप दिल्ली डेयरडेभिल्सबाट क्रिकेट खेलिरहेका छन् । गएको आइतबार रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध आयपीएलमा डेब्यु गरेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सम्बन्धित् समाचार  नेपालको शानदार प्रदर्शन, पहिलो ओभरमै सोमपालले झारे विकेट

४ ओभर बलिङ गरेका सन्दीपले एक विकेट लिदैं २५ रन दिएका थिए । सन्दीपको बलिङलाई आइपीएलमा उत्कृष्ट बलिङ भनिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: