फेसबुकले भारतीय नेताहरूको लागि ल्यायो विशेष सुविधा

फेसबुकले भारतको लागि विशेष सुविधा दिने घोषणा गरेको छ । उक्त घोषणा अनुसार उसले राजनीतिज्ञ र राजनीतिक पार्टीहरूका लागि ‘साइबर थ्रेट क्राइसिस’ इमेल हटलाइन ल्याउने भएको हो ।

प्रयोगकर्ताहरूको विवरण चुहिएको भन्ने कुरा सार्वजनिक भएपछि विवादित भएको फेसबुकले यस्तो घोषणा गरेको हो ।

संसारकै सबैभन्दा ठुलो सामाजिक संजालको रूपमा रहेको फेसबुकले भारतकै लागि एउटा ‘इलेक्शन इंटिग्रिटी’ माइक्रोसाइटमा समेत काम गरिरहेको जनाएको छ ।

फेसबुकले साइबर सुरक्षा सम्बन्धित कुनै पनि मामिलामा भारत सरकार र उसको सूचना प्रविधि मन्त्रालय अन्तर्गत काम गर्ने कम्प्युटर आपातकालीन प्रतिक्रिया समूह र प्रभावित अकाउन्टवालाले यस सम्बन्धी गुनासो सम्बोधन गर्न विशेष इमेल बनाइएको जनाएको छ ।

यसका अतिरिक्त कमपनीले राजनीतिक अकाउन्टका लागि ‘साइबर सुरक्षा निर्देशिका’ समेत जारी गरेको छ । यस निर्देशिकामा आधारभूत सुरक्षा विधि जस्तै ‘टु स्टेप अथेन्टिकेसन’ र संदिग्ध लिंकमा क्लिक नगर्ने जस्ता सुझावहरू दिइएका छन् ।

भारतको केन्द्र सरकारले कम्पनीका संस्थापक मार्क जुकरबर्गसँग यस सुविधाबाट प्रयोगकर्ताको गोप्यता र निर्वाचन प्रभावित हुने नहुने सम्बन्धी कुरामा जवाफ मागेको थियो । जुकरबर्गले भारत सरकारलाइ जवाफ दिएको एक दिनपछि कम्पनीले यो घोषणा गरेको हो ।

सम्बन्धित् समाचार  फेसबुकमाथिको प्रतिबन्ध फुकुवा

फेसबुकका एक अधिकारीका अनुसार, “निर्वाचनका क्रममा केही मान्छेहरूले ठुला राजनीतिक नेताहरू र दलहरूलाई निशाना बनाउन सक्छन् । यस्तो अवस्थामा अकाउन्ट सुरक्षित गर्न नै यो निर्देशिका जारी गरेको हो ।”

ती अधिकारीले अगाडि थपे, “साथै यस्ता मामिलामा तुरन्त सहायताको लागि विशेष साइबर थ्रेट क्राइसिस इमेल समेत सार्वजनिक गरिएको हो । र यो सबै भारतमा निष्पक्ष निर्वाचन गराउन गरेको पहलकै एक भाग हो ।”

फेसबुकका भारत स्थित कार्यालयका सार्वजनिक नीति निर्देशक अंखी दास भन्छन्, “हामीहरू एउटा इलेक्सन इंटिग्रिटी माइक्रोसाइटमाथि काम गरिराखेका छौं । यसको साथै कम्पनीले ‘फेक न्युज’लाई भाइरल हुनबाट रोक्ने उपायहरू बारे समेत सोचिरहेको छ ।

फेसबुकले भारतमा २०१९ मा हुने आम निर्वाचनमा कुनै पनि नेताले फेसबुक मार्फत चुनाव प्रचार गर्नका लागि स्पोंसरशिप बारे स्पष्ट भन्नुपर्ने घोषणा गरिसकेको छ ।  यसले यस्तो प्रचार अभियान कसले समर्थन र प्रायोजन गरिराखेको छ भन्ने समेत थाहा हुनेछ ।

गत महिना मात्रै फेसबुकले भारतमा मात्रै ५ लाख ६२ हजार प्रयोगकर्ताको डाटा लीक भएको कुरा स्वीकार गरेको थियो ।   त्यसपछि भारत सरकारले यसबारे फेसबुकसँग चासो व्यक्त गर्दै आइरहेको छ ।

सम्बन्धित् समाचार  विदेश बसी फेसबुकमार्फत नेपालबारे जथाभावी लेख्नेलाई कारबाहि हुने

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: