एमाले स्थायी समिति बैठक शुरु, यस्तो छ एजेण्डा

काठमाडौं, जेठ २ । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । माओवादीसँगको पार्टी एकताका विषयमा निर्णयक छलफल बैठक बसेको बताइएको छ ।

बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकताका विषयमा सहमति भएको बताइएको छ ।

दुई अध्यक्षबीच भएको सहमतिलाई स्थायी कमिटिबाट अनुमोदन गराउन बैकठ बोलाइएको जनाइएको छ । प्रचण्ड र ओलीबीच झण्डै दुई घण्टा लामो वान टु वान वार्तापछि एमाले स्थायी कमिटीको बैठक डाकिएको हो।

दुवै अध्यक्षबीच भएका सहमतिलाई भोलि (बिहीबार) बिहान बस्ने पार्टी संयोजन समितिको बैठकले अन्तिम रुप दिने तयारीमा नेताहरु रहेको बुझिएको छ ।

त्यसैगरी एमालेले लामो समयपछि बिहीबारका लागि पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक पनि बोलाएको छ । पछिल्लो पटक एमालेको केन्द्रीय समिति बैठक गएको असोजमा बसेको थियो।

कमेन्ट गर्नुहोस्