सुरक्षा कारबाहीमा १५ आतंककारी मारिए

काबुल, जेठ २ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा अफगान विशेष सुरक्षाबलले तालिबान आतंककारी समूहको अखडा लक्षित हवाइ कारबाहीमा कम्तीमा १५ तालिबान आतंककारी मारिएका छन् ।

विशेष सुरक्षाबलको उच्च अधिकारीले बुधबार दिएको जानकारीअनुसार फराह प्रान्तको केन्द्रमा रहेको देह याक इ कालान गाउँमा रहेको तालिबान आतंककारी समूहको अखडालक्षित आक्रमण भएको हो ।

‘ओरेसन कोर्डिनेशन गु्रप अफगानिस्तान’ द्वारा जारी विज्ञप्तिमा यस कारबाहीमा १५ व्यक्तिको मृत्यु हुनुका साथै अर्को एक जना घाइते भएको जनाइएको छ ।

फराह प्रान्तको प्रान्तीय शहर फराहमा मङ्गलबार नै सयौँ तालिबानको समूह र सुरक्षाकर्मीबीच झडप भएको बताइएको छ । फराह शहरको बाहिरी इलाकामा भएको झपडको छट्टै समाचार प्राप्त भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्