रसियामा हुने विश्वकपका लागि इंग्ल्याण्डद्वारा राष्ट्रिय टोलीको घोषणा

काठमाडौं, जेठ २। सन २०१८ मा रुसियामा हुने विश्वकप फुटबल जुन ४ बाट शुरु हुँदै छ । खेल शुरु हुने समय नजिकिदै गर्दा विश्वकपमा सहभागी हुने देशले राष्ट्रिय टोलीको घोषणा गर्न शुरु गरेका छन् ।

३२ देश सहभागी हुने विश्वकपमा सबैलाई उछिन्दै इंग्ल्याण्डले २३ सदस्यीय राष्ट्रिय टोलीको बुधबार घोषणा गरेको छ ।

को को परे इंग्ल्याण्डको टिममा ?

गोलकिपर – ज्याक बटल्याण्ड, जोर्डन पिकफोर्ड, निक पोप

डिफेन्डर – केल वाल्कर, केयरन ट्रिपर, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड, जोन स्टोन्स, ग्रे चहिल, फिल जोन्स, हृयारी माग्युरे, एस्ले योङ, ड्यानी रोज

मिडफिल्डर – इरिक डायर, फाबियन डेल्फ, जोर्डन हेन्डरसन, रुबेन लोफ्टस चेक, जेसे लिङगार्ड, डेल अलि

फरवार्ड – हृयारी केन, मार्कस र्‍यासफोर्ड, जेमी भार्डि, ड्यानी वेलब्याक, रहिम स्टर्लिङ

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  इंग्ल्याण्ड र पानामाबीचको खेल शुरु, कसले मार्ला बाजी ?
%d bloggers like this: