२३ वर्षे युवा राज बस्नेतको पहलमा विपन्न धनी बिकको निशुल्क शल्यक्रिया

काठमाडौं, जेठ २ । आर्थिक अभावमा उपचार गराउन नसकेकी प्युठानकी विपन्न परिवारकी एक महिलाको २३ वर्ष युवा राज बस्नेतको पहलमा निशुल्क उपचार (अपरेस) भएको छ ।

चार वर्षअघि देखि विकको खुट्टामा रहेको रड बस्नेतको पहलमा सानेपास्थित स्टार अस्पतालमा कार्यरत डा सुमनबाबु मरहट्टाले गरेका हुन् ।

केही समय अघि एक राष्ट्रिय दैनिकमा ‘पैसा अभावमा चारवर्षदेखि खुट्टामै रड’ शीर्षकमा प्रकाशित समाचार पढेपछि बस्नेतले विकको उपचारका लागि पहल शुरु गरेको बताए ।

बिहान बेलुका छाक टार्न धौ–धौ पर्ने अवस्थाबाट गज्रिरएकी विक प्युठान रासकोट गाउँ पालिकाकी निवासी हुन। बस्नेतले पहल थालेपछि सिभिल अस्पताल र स्टार अस्पतालमा कार्यरत बरिष्ट अर्थोपेडिक सर्जन डा सुमनबाबु मरहठ्ठाले निशूल्क अपरेशन गरिदिएका हुन।

परिवारलाई बिहान बेलुकाको छाक टार्न पनि मुस्किल पर्ने अवस्थाबाट गुज्रिरएको अवस्थामा आफ्नो उपचारको व्यवस्था मिलाई दिएकोमा बस्नेत प्रति आभार व्यक्त गरिन । साथै निशुल्क उपचार भएकोमा खुशी व्यक्त गर्दै गरिबले भगवान भेटेको प्रतिकृया दिइन ।

कमेन्ट गर्नुहोस्