यसकारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलको भाउ प्रतिलिटर ११० पुग्यो

काठमाडौं, जेठ ३ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

बुधबार बेलुका बसेको नेपाल आयल निगम सन्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्यपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । रासस

कमेन्ट गर्नुहोस्