ब्लडमनिको सजाय पाएका झापाका खतिवडा पाँच वषपछि नेपाल फर्किए

युएई, जेठ ३ । ब्लडमनि बापतको जरिवाना रकम तिर्न नसक्दा ५ बर्षदेखि नेपाल फर्कन नपाएका झापाका लोकेश खतिवडा बिहीवार नेपाल फर्किएका छन ।

सन् २०१४ जुन ८ मा अबुधाबी मुसाफाबाट साउदी सीमा बदिनाजायद क्षेत्रमा सामान लिएर जाने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको थियो ।

दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई तिर्नुपर्ने ब्लडमनी सम्बन्धी मुद्दा लागेर लोकेश समस्यामा परेका थिए भने ब्लडमनिको रकम नबुझाउदा सम्म उनको यात्रामा प्रतिबन्ध लगाइएको थियो ।

ब्लडमनिको फैसला पछी नेपाली दूतावास युएईको पहलमा बीमा कम्पनीले तिर्नुपर्ने ब्लडमनी अन्तर्गत ३ लाख २० हजार धिराम झन्डै ( एक करोड नेपाली रुपैयाँ) बुझाएपछि लोकेश नेपाल फर्किन सफल भएको युएईका लागि नेपाली राजदूत सागर फुँयालले जानकारी दिएका छन ।

अदालतले मुद्दा फैसला गरेको लामो समय सम्म पनि बिमा कम्पनी अल जाफ्रा इन्स्योरेन्सले समयमा रकम नबुझाउदा लोकेश नेपाल फर्कन पाएका थियनन । त्यसका लागि नेपाली दूतावास आबुधाबीले निरन्तर पहल गरेको थियो ।

दुई हप्ताअघि शुक्रबार नेपाल फर्कन आबुधाबी विमानस्थल पुगेका लोकेशलाई अध्यागमनले भिसा सकिएर अबौधानिक बनेको भन्दै ८७ हजार दिर्हाम ९झण्डै २६ लाख रुपैयाँ० जरिवाना बुझाउनु पर्न भन्दै रोकेको थियो ।

अध्यागमनले जरिवानाको माग गरेपछि नेपाल जान नपाएका लोकेश लाई दूतावासका ९पि आर ओ ०कानुनी सल्लाहकारको सहयोगमा कम्पनी सङ आबस्यक छलफल गरि तोकिएको जरिवाना रकम मिनाहा गरि स्वदेश फिर्ता गरिएको दूतावास स्रोतले जानकारी दिएको छ ।

दुर्घटनामा आफू समेत घाइते भएर शारिरिक रूपमा अस्वस्थ रहेका लोकेशलाई सकुशल उद्दार गरि स्वदेश फिर्ता गराउन पाउदा आफुलाइ निक्कै खुशी लागेको राजदूत फुँयालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्