प्रचण्डकाे अर्काे छलाङ : आइसब्रेक र सरप्राइज अट्याकमा कम्युनिष्ट एकता !

भुपरिवेष्ठित देश नेपालको उत्तरमा विशाल शक्तिशाली कम्युनिष्ट राष्ट्रको रुपमा छिमेकी चीन र दक्षिणमा गुलाम विस्तारवाद छिमेकीको रुपमा उत्तरको दुश्मन ,सिमाको शत्रु भारतको कुनै पनि कुटनीति पास नहुने गरि बामपंथी एकता भएकोमा सर्वप्रथम नेतृत्वतहका आदरणीय कमरेड प्रचण्ड ओली लगायतको नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै आज यो ऐतिहासिक दिनको सन्दर्भमा केही सुझावहरु सम्प्रेषण गर्ने चेष्टा गर्दैछु।
झन्डै ६९ वर्षपछिको कम्युनिष्ट इतिहासकै बेमेल परिस्थितिको मिलनले आज विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको जिब्रो लठ्यब्रीएको अवस्थालाई सुखद र विजयको संवाहकको रुपमा विश्लेषण गर्न चाहन्छु।
न त एमालेको समुहले भन्यो न त माओवादीले न त त्यहा सुस्ताका सवाल उठे,न महाकालीको सवाल उठ्यो न त कालापानी, या अरुणका सवालहरुको स्पष्ट उठान भयो यि कुराले स्थाम नपाउनुले अलिक विडम्बना वोध भयो।

नेपाल सानो देश धेरै दल र विभिन खाले राजनितीक संकटबाट गुज्रदै बेलाबेलामा जनताको सत्ता स्थापनार्थ बलिभेदीमा चढ्दै त कहिले नौ महिने सत्ताको विरासतमा नेता मात्रै तन्दुरुस्त हुने र जनता गरिब बन्दै जानुका श्रङ्खलाहरु नेपाली राजनितिको बृत्तमा घनिभुत चुनौतीको रुप लिएर बसेको थियो। विभिन्न खाले सिन्डिकेटले प्रशस्त अखडा जमाइरहेको थियो,ब्यप्त अन्धकारले जलश्रोतको धनी राष्ट्रको बदनाम गरिरहेको थियो।यस्तै परिस्थितिका बाबजुद नेपाली जनताले उज्यालो नेपालका जननी आदरणीय कमरेड प्रभाकर र कुलमान पायो । जसलाई गौरव गरेन भने देशभक्तहरुको अपमान र अन्याय हुन्छ।हामीमाझ विविध विकराल

लेखक : लक्ष्मण चौलागाईं

परिस्थितिहरु चुनौतीको रुपमा खडा भएका इतिहासहरु थिए।

विभिन्न नामधारी साम्यवादी शक्तिहरुका होलसेल पसलहरु सन्चालित थिए,यसैगरी नेपालको सत्ताले कमचलाउ र औपचारिकता निभाउको जोड घटाउ मात्रै गर्दै थियो। हाल हामिमाझ केही गतिशिल विचारहरुको स्थान र क.प्रभाकरको देन स्वरुप नेपालले उज्यालो पायो,सिन्डिकेट माथिको प्रहारका लागि बादल कमरेडको उपस्थिति जसलाई नेपाली जनताले ऐतिहासिक गौरव र विकासप्रेमी नेताको रुपमा पहिचान गर्न पाए। सकारात्मक परिवर्तनका जननी सदा सर्वदा देशभक्तहरु नै हुन्छन।
विप्लव क्रान्तिकारी माओवादी धारका अध्यक्ष कमरेड वैद्य र नयाशक्ती नेपालका संयोजक डा.बाबुराम भट्टराईज्युहरु समेत एकता अभियानमा जोडिनु भयो भने नेपाल कम्युनिष्ट पार्टीको चेयरमेन चीनका सि जिन पिङ र उत्तर कोरियाका किम जोङ जतिकै शक्तिशाली बन्न पाउनेछन।
त्यस्तै उदाहरणको पात्र बन्नुभएको छ आदरणीय सुपृमो श्रध्यय अध्यक्ष कमरेड प्रचण्ड । आज आएर मैले प्रचण्ड नामलाई यसरी विश्लेषण गर्ने प्रयास गरेको छु,प्रचण्डको अर्थ सम्भावनाको ब्यबस्थापन भन्ने वोध हुदैछ। हुन त अध्यक्ष क.प्रचण्ड नेपाली जनताको मायामा कहिलेसम्म रहन पाउनुहुन्छ त्यो थाहा छैन तर त्यतिबेलासम्म नेपाली जनताले निरिहताको सिकार बन्नु विवश हुनुपर्दैन कि भन्ने ठहर गर्दै प्रचण्डको अर्थ समाधान भनेर खन्डन गर्न चाहन्छु।
हो आज हामी हाम्रो अभिभावकको क्रियाशील राजनितिका शुभचिन्तक बन्न पाएका छौं।हाम्रो यो आड र भरोसामा विश्व साम्राज्यवाद र विस्तारवाद अनि विभिन्न खुफियाहरुको प्रहार नहोस् यस्तै कामना गरिरहनु पर्ने अवस्था हाम्रो मुलुकले अपनाउनुपर्ने सावधानी हो कि जस्तो लाग्छ। नेपाली राजनिती जब अशान्त हुन्छ तब जनताले अशान्तिको सामना गर्न विवश र बाध्य परिस्थिति जन्मन्छ ।जब नेपाली राजनिती मजबुत हुन्छ,कानुन कसिलो हुन्छ र सुशासन जन्मन्छ अनि मात्रै सुशासनले समृद्दिको बगैँचा निर्माण गर्न पाउछ। मुलुक सुशासनको पर्खाइमा छ,अनि विकास र समृद्दी सुशासन बाट नै प्राप्त गर्न सकिने उपलव्धी हुन।
यसैको लागि ०७५/०२/०३ गते श्रध्यय जननेता कमरेड मदन र संगठन बिभाग प्रमुख जिवराज आश्रीतको हत्या भएको दिन माओवादी केन्द्र र एमालेले मदनको स्मृतिलाई सम्मान गर्दै बाम एकताको ऐतिहासिक घोषणा झन्डै अपरान्हको समय राष्ट्रिय सभागृहबाट गर्यो, जसलाई हार्दिक सम्मान गर्नुपुर्व हाम्रो नव गठित नेकपाले मोदीको सामु ओलीले सिमा हस्तक्षेपको सवाल न उठाए झै हाम्रो नेतृत्वले मदन आश्रीतको सस्मरण मात्रै गर्यो ,हत्यारालाई कारबाही गरिन्छ घटनाको छानविन गरिन्छ भनेर भन्न सकेन। न त एमालेको समुहले भन्यो न त माओवादीले न त त्यहा सुस्ताका सवाल उठे,न महाकालीको सवाल उठ्यो न त कालापानी, या अरुणका सवालहरुको स्पष्ट उठान भयो यि कुराले स्थाम नपाउनुले अलिक विडम्बना वोध भयो।
त्यस्तै उदाहरणको पात्र बन्नुभएको छ आदरणीय सुपृमो श्रध्यय अध्यक्ष कमरेड प्रचण्ड । आज आएर मैले प्रचण्ड नामलाई यसरी विश्लेषण गर्ने प्रयास गरेको छु,प्रचण्डको अर्थ सम्भावनाको ब्यबस्थापन भन्ने वोध हुदैछ।
नेपालको राजनितिकै कच्चा र कमजोर प्रवृत्तिको कारण नेपालले युगको अग्रगामी छलाङ मार्न नपाएको अवस्था थियो।हाम्रो नेपाली सत्ता नै दोषी थियो यो देश अझै पनि विकासको मन्त्र अनि समृद्दिको जप गर्न बाध्य परिस्थितिको कारक त्यही नै थियो ।विगतमा हामीसंग निरङ्कुस सत्ता थियो, पारिवारिक सत्ता थियो,मनपरी लुट तन्त्रको अखडा जस्तो बनेको थियो हाम्रो राज्य अनि कहिले पूजिवादको दलदलमा फस्यो हाम्रो देश र त अन्तरास्ट्रिय खुफियाहरुको सन्जालको रुपमा एनजिओ आइएनजिओ हरुले नेपालमा प्रवेश पायो,जसको अन्त्यको बिगुल समेत जेठ ३ ले फुक्न सकेन।
यसर्थ: साम्यवादी विचार बोक्ने र क्रान्तिका पक्षधरहरुको मन अमिलो र खल्लो बन्न पुग्यो। हाम्रो देशमा सिस्टम ओझेल छ सिस्टम बनाउनेहरुको बेवास्ता अत्यन्तै भएको कारण हामीले विभिन्न खाले अप्रिय घटनाहरु सहन गर्दै सुशासनलाई गुहार माग्नुपर्ने विडम्बना विद्यमान छ। जुन दलको नेता सत्तामा गयो उ उसकै पार्टीको मन्त्री र सरकार हुने प्रावधानलाई अन्त्य गर्नुपर्ने आजको आवश्यक्ता हो।अब कमरेड ओलीले नेकपाको मात्रै प्रधानमन्त्री हुं सुर्यमा भोट दिने मात्रै मेरा जनता हुन भनेर सोच्नुभन्दा आम सारा नेपाली र सिंगो मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी मेरो नै हो भन्ने कुराको मनन गरून् भन्न चाहन्छु।अनि मात्रै समानताको ज्योती प्रज्वलन हुन पाउनेछ।
अन्यथा,एकताले बिकलाङ्ग बन्नुपर्ने भय नजोडिएला कि भन्न सकिन्न। १७ हजार महान सहिद भएका थिएनन भने आज नेकपाको जन्म हुने थिएन।१० वर्ष जनयुद्द भएको थिएन भने २३७ वर्षीय राजतन्त्र अझै पनि भेटी थापिरहेको हुन्थ्यो,यसर्थ महान जनयुद्द नै आजको नेपालको अभ्युदयको मुख्य श्रेय हो भन्ने कुरा सम्पूर्ण बामशक्तिले स्विकार र सम्मान गर्न जान्नुपर्छ अनि मात्रै इतिहास सकुशल भै बाच्न पाउछ। हामीले ईतिहास भुल्यौं भने जननी र जन्मभुमी भुलेकै प्रतिबिम्बित हुनेछ।
त्यस्तो नहोस इतिहासलाई उच्च सम्मान गर्दै देशलाई राजनीतिक शक्ति सम्पन्न र शान्त बनाउन हाम्रा आदरणीय महासचिव कमरेड विप्लव क्रान्तिकारी माओवादी धारका अध्यक्ष कमरेड वैद्य र नयाशक्ती नेपालका संयोजक डा.बाबुराम भट्टराईज्युहरु समेत एकता अभियानमा जोडिनु भयो भने नेपाल कम्युनिष्ट पार्टीको चेयरमेन चीनका सि जिन पिङ र उत्तर कोरियाका किम जोङ जतिकै शक्तिशाली बन्न पाउनेछन।हाम्रा सिमा स्तम्भहरु कायर विस्तारवादले जहाको तहि रातारात प्रतिस्थापन गरिदिनेछ।मात्रै हामीमा एकताभाव र मुलुकको माया हुनुपर्यो अनि मात्रै नेपालले समृद्द र एकताको चिरस्थायी रुप धारण गर्न पाउनेछ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सिनेमामा सेन्सरसिप
%d bloggers like this: