म ब्राह्मण भित्रको दलित। खै सरकार मलाई आरक्षण ?

तिलोचन गौतम

मलाई थाहा हुदा पुजीवादी एकात्मक राजतन्त्र भनेर अहिले सम्बोधन गरिने एउटा शासन पद्धति थियो । त्यो बेला पनि सङ्गै स्कुल पढ्ने मेरो नजिकैको दर्नाल ( दलित ) साथी चिरिच्याट्टै परेर अाँउथ्याे।कुनैपनी शूल्क (फिस) नभरी पढ्न पाउने ब्यबस्था उनिहरुलाई राज्यले गरिदिएको थियो (आरक्षण) को आधारमा। तर म मेरो बुबाले एक दिन कसैको हलो जोतेको पैसा लिएर आएन भने भर्ना नै गर्दैन्थे।आमाले खेताला गएर मेरो कापि कलम नकिनिदिए स्कुल गएर हेरेर मात्रै फर्कनु पर्थो । मेरा एकदम मिल्ने साथीहरू नै दलित थिए म घर मा आमाले भुटेको मकै चामल सकिएपछि तिनै साथीहरू लाई फोर्स लगाएर सिलाउन लगाएको बाेराकाे झाेलामा हालेर स्कुल जान्थे।
हामि संगै बसेर खाजा खाइन्थो कहिले उनिहरु ले ल्याएको त कहिले मैले लगेको। हो थिए एक थरी त्यहा पनि अलिक धनी परिवारका , हेर हेर दमाईसँग बसेर खाएको भन्नेहरु म उनीहरुको नजरमा सानो थिए।धनी मानी जो थिए ती अझै दरिला छ्न एक खालको अहंकार पालेर बसेका छन।

समय बित्दै गयो शारीरिक विकास अनि मानसिक बिकास हुँदै थियोे तर पनि फलानो जनजाति यो दलित त्यो अछुत , भन्न जानिन मैले जाने त तिनै शोषक सामान्ती भनिएका ब्राह्मण जसले दस हजार रुपैया को ब्याजमा पनि बर्सेनि बाँझाे बारी जोत्न बाध्य हुन्थे कर्जा चुकाउन। समाजमा त्यही काम दलितले गरे श्रम शोषण हुन्छ दलितलाई छुट्याउदा भेदभाव अनि त्यही काम गरेर हुर्किएको म कसरी शोसक सामान्ती भए ?

जब मेरा बुबालाई ब्याज मा हलो जोत्नै पर्थ्यो हातमा ठेलाका फोका परेको देख्थे तिनै आज दलित भनिने साहुले हलो समाउन नसक्दा बुबालाई हेपेको देख्थे अनि मनमनै सोच्थे म कसरी सामन्ती भए?

म चाहान्छु ती दिनहरु बिर्सन तर सक्दिन अमिट छाप बनेर बसेका ति याद अझै ताजा छ्न ।आमाले आधी पेट खाएर पटुका कस्दै बेलुकाको छाक जोगाउन एक अम्खोरा पानी पिउदै भनेका ती सब्द “बाबू म अगाए” ती याद ले अझै मलाई झस्काउछ र म सोच्छु म कसरी सामन्ती भए अनि मैले कसरी दलितलाई भेदभाव गरे ?

ति दिन सम्झिदा कहिले कहिँ मन अमिलो हुन्छ अँखा रसिलो हुन्छ अनि म सोध्न चाहान्छु के फरक छ ? एउटा ब्राह्मण र दलितमा के म ब्राह्मण भएर जन्मनु नै म सामान्ती बर्गमा कहलिनु हो र ?
के सबै ब्राह्मण छेत्री सम्पन्न परिवारका थिए ?के सबैले दलित जनजाति लाई दबाएर राज गरेकै हुन त ?
त्यही ब्राह्मण समुदाय भित्रको म अर्को दलित हैन ?

जसोतसो प्राथमिक लेभलको शिक्षा हासिल गरेर बिदेश जान्छु र केही कमाइ गरि आफ्नो परिवार को ओठमा खुसी को हासो ल्याउछु भन्ने सोचाइ कतै पलाउदै थियो मलाई । एकातिर फेरि म आफै बिदेशीएर आफ्नो माटो कस्ले श्रृङ्गार गर्छ त भन्ने भावनाले पनि हल्लाउँदै थियो।
गाउँ मै एउटा साधारण काम गर्नुपर्यो भनेर सोचेको थिए तर प्राथमिकता दलित लाई थियोे । त्यहाँ म ब्राह्मण समुदायको पारिवारिक देखि भएको हुदा अबसर पाइन किनकी मेरो गाउँमा सम्पन्न परिवारका दलित थिए र अबसर पनि उनैलाई थियो अब भन !के म राज्य बाट हेपिएको ब्राह्मण भनौ या दलित बाट शोशीत ब्रह्माण हैन ?

मेरो गुनासो ती साच्चै अबसर नपाएर राज्य वा सम्पन्न परिवार बाट हेपिएका पेलिएका र साच्चै शोशीत पीडित बनेका दलित बर्ग सङ छैन ।ती आदिवासी जनजाती सङ हैन जस्ले साच्चै अधिकार र पहिचान गुमाएका छन ।

मेरो गुनासो त्यहा हो जहाँ सम्पन्न अबस्थामा पुगेका दलित भनिने हरु बाटै आरक्षणको नाममा निम्न बर्गिए ब्राह्मण छित्री समुदाय माथी दमन अनि शोषण गरेको छ।
जातीय समस्या आज पनि हुँदै नभएको होइन छुवाछुत आज पनि जारी छ । दलितलाई सार्वजनिक स्थलमा दुर्ब्यबहार गर्ने, धारा-पधेरा, मठ मन्दिरमा निषेध गर्ने अमानवीय ब्यबहार पाइला-पाइलामा भेटिन्छ । यस्तो प्रथाको जरो-किलो उखेल्नु जरुरी छ । तर, यो पनि वर्गीय आधारमै हुन्छ । आर्थिक रुपमा सम्पन्न मान्छेहरुलाई जातीय आधारमा हेपेको उदाहरण कमै पाइन्छन् ।
यसको मतलव वर्गीय उत्थान नभई जातीय उत्थान सम्भव हुँदैन । नपत्याए पुरातनवादी राजनीतिमा सक्रिय रहेका दलित सभासदहरुलाई हेरे हुन्छ । तिनले उपल्लो बाहुन/उपल्लो मङ्गोलहरुसँग मिलेर वर्गीय रुपमा तल परेका क्षेत्री/ब्राह्मणहरुमाथि डण्डा चलाइरहेका हुन्छन् ।

के कर्णालीका क्षेत्री /बाहुनहरु वर्गीय रुपमा दलित हैनन ?
तिनलाई राज्यले दलित बनाएका छैनन ? कोपरा जत्रो काठमाडौँले खरबौ बजेट पाउँदा बिशाल भूमी ओगटेको कर्णालीले किन एउटा घोडेटो बाटो पाउंदैन ? संघीयताको कुरा निकाल्दा काठमाडौँ किन बुरुक/बुरुक उफ्रन्छ ? कर्णालीले पनि दामासाही हिसाबमा आफुहरुको जत्ति नै बजेट लैजाला भनेर हैन ?

क्षेत्रीहरुको खसान प्रदेशलाई यो खालको दमन किन ? बहुमुल्य जडिबुटी/यार्सागुम्बा लगायतबाट अरबौ राजस्व त यही खसान क्षेत्रबाट लुटेको छ राज्यले ? तर कर्णालीप्रति यो हदको छुवाछुतको ब्यबहार किन ?

कठीन मोडहरुमा ज्यानको मायाँ मारेर जसले सङ्घर्षको नेतृत्व लिने हिम्मत गर्दछ, नेता उ नै बन्दछ । पैसाको लोभमा परेर महिनाको डेड/दुई लाख तलब बुझ्न लाहुरे भिड्न जाने, ब्रिटिस सेना बन्ने, सिंगापुर पुलिस बन्ने, भारतीय सेना बन्ने, कारगील युद्ध लड्ने, फोकल्याण्ड युद्ध लड्ने, अर्जेन्टिना/पाकिस्तान जस्ता मित्र राष्ट्रहरुका बिरुद्दमा हतियार उठाउने, अनि रिटायर्ड लाइफ बिताउन नेपाल छिरेर बाहुन/क्षेत्री समुदायभित्रका नेता र समुदाय लाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।जातियता का ठुला भाषण गर्दै मोटाएका जनजाति भित्रका पुजिपति हरुले राज्य बाट आज पनि आरक्षण पाएका ।तर सम्राज्यबादी शोषक भनिएका दुबै पक्ष बाट म जस्ता कयौ ब्राह्मण छेत्री हरु उनिहरुकै भाषामा दलित बन्न पुगेका छौ ।के अब सबैलाई एउटै तराजुमा राखेर जोख्न मिल्छ ?

आदिवासी जनजातीहरुको नेता भनिएका आङकाजी शेर्पा जस्ता उच्च पुजिपती नेता अनि त्यही स्तरका ब्यक्तिहरुलाइ अझैपनी राज्यले आरक्षण दिएर पाल्ने अनि ब्राह्मण समुदाय भित्रै थिचिएका मिचिएका हरुलाइ त्यही आरक्षणले सधै माथि उठ्न रोकि राख्ने तर सामाजिक रूपमा त्यही पीडित समुदाय भित्रको मैले सामन्ती शोषक ब्राह्मणको बिल्ली भिरिरहनुपर्न हो ?
एउटा समय थियो जतिखेर आरक्षण हुनैपर्थ्यो के अब पनि त्यहि समुदाय भित्रका सबैलाई आरक्षण आबस्यक छ ? ब्राह्मण छेत्री समुदाय भित्रका निम्नबर्गिय ब्यक्ति हरुलाइ अझै त्यही पासोले रोकि रहन मिल्छ ? यसतर्फ राज्यले ध्यान कहिले दिने ?


विशेष योग्यता हुदा हुँदै आरक्षणको पासोमा अल्झिएर खाडी छिर्न बिवस म जस्ता लाखौ ब्राह्मण छेत्री समुदायका ब्यक्तिले अब कस्लाइ सरापौ कस्लाइ गालि गरौ ?

डिग्रीपास गरेर पनि आरक्षणमा रोकिएको रामे ले एसएलसि पास गरेर आरक्षणमा जागीर खान लाइन बसेको स्यामेको गाली अझै कति सुन्नुपर्छ ? कथित दलित समुदाय भित्रका उच्च पुजिपती बर्ग बाट शोशीत बन्न पुगेको ब्राह्मण समुदाय भित्रको म दलितले कहिले माथी उठ्ने अनि मेरो आवाज कस्ले बुझ्ने ? के हामीले दिएको योगदान अनि बलिदानको अब ती उच्च पुजिपती बर्गमा गनिन सफल दलितले सम्मान गर्नु पर्दैन ?

कमेन्ट गर्नुहोस्