पूर्वडीआइजीसहित २८ जेल चलान

विराटनगर, जेठ ८ । मोरङ जिल्ला अदालतले ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्व डिआइजीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ ।

मंगलबार मोरङ जिल्ला अदालतका न्यायायाधीश नारायणप्रसाद शर्माको इजलासले थुनछेक बहसपछि यस्तो आदेश दिएको हो।

पक्राउ परेकामध्ये प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार तथा हवल्दार अमरबहादुर थापालाई साधारण तारेखमा रिहा गर्ने र अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालतले जनाएको छ।

को को जेल चलान भए ?

जेल चलान हुनेमा पूर्व डिआइजी गोविन्द निरौलासहित ६ प्रहरी अधिकारी रहेका छन् । एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र प्रजित केसी तथा सई बालकृष्ण सञ्जेललाई जेल चलानको आदेश भएको हो।

त्यस्तै, तस्करीमा संलग्नहरु टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, माधव भनिने मदनप्रसाद घिमिरे, लाक्पा शेर्पा, चाचाजी उपनामका महावीरप्रसाद गोल्यान, राजन थापा, हेमन्त गौतम, समीरप्रसाद तोलाङ्गे, कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, राजेन्द्रकुमार शाक्य, दोराम खत्री, एलबी भनिने लालबहादुर मगर, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, गोपालकुमार श्रेष्ठ, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार पनि जेल चलान भएका छन्।

सुन तस्करी काण्डका प्रमुख गोरे भनिने चुडामणि उप्रेतीलाई प्रहरी मंगलबार बिहान राजधानीबाट पक्राउ गरेको छ । उनलाई दिउँसो गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरे लगत्तै हवाइ मार्गबाट विराटजगर पुर्याइएको छ ।

कमेन्ट गर्नुहोस्