पोर्नस्टार अर्चना पनेरुका पति जेल चलान

काठमाडौं । पोर्नस्टार बन्छु भनेर चर्चामा रहेकी मोडल एवं कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई यौन दुराचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेश अनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।

को हुन् प्राइस ?

गत चैत २३ गते प्रहरीले प्राइस बस्ने घरबाट दुईसय ग्राम गाँजा र अन्य अवैध लागूऔषध समेत बरामद गरेको थियो ।

त्यस्तै दुई बालकलाई समेत उद्धार गरिएको थियो । प्राइस अमेरिकन नागरिक भएपनि उनका बाबु भने रसियन हुन् । रसियन नागरिकता खारेज गरेपछि उनी अमेरिका पुगेका थिए । प्राइसकी आमा अमेरिकाको एक टेलिभिजनमा कार्यरत छिन् ।

प्राइस ५ वर्षदेखि नेपालमा बस्दै आएको खुलेको प्रहरी अनुसन्धानमा देखिएको छ । भिसा म्याद थप गर्दै सन् २०१३ देखि उनी नेपालमा छन् । उनले काठमाडौंको बलम्बुमा घर नै लिएर यौन धन्दा गरेको खुलेको हो । प्राइसले भाडाको घरमा युवतीहरू ल्याइरहने प्रहरीको दाबी छ । घरसँगै उनले होटेल समेत सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ । काठमाडौंमा मात्र होइन चितवनमा समेत उनको होटल रहेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्