मुक्तकः आलोच नै आलोचना गर्नेलाई के भन्ने खै !

आलोच नै आलोचना गर्नेलाई के भन्ने खै ।
खुट्टामात्रै तान्न लागी पर्नेलाई के भन्ने खै ।।
अस्वस्थ त्यो फोहोरको डङ्गुर भित्र बसेरनी ।
असल पनि खराव भनी मर्नेलाई के भन्ने खै ।।

बेकामे त्यो बाठो भन्दा काम गर्ने लाटो बन ।
हिरा भन्दा बहुमुल्य शिरमा लाउने माटो बन ।।
भुत भविष्य नियालेर बर्तमानमा असल बन्दै ।
सन्ततिले पढ्ने राम्रो ईतिहासको पाटो बन ।।

शान्ति अधिकारी

बाङ्गाटिङ्गा भाग्य रेखा सिधा पार्न सकिएन ।
झटारोले आकाशको फल झार्न सकिएन ।
हाँसो खुशी सु ख भन्ने धनीलाई मात्र रै छ ।
भन्ने ठानी गरिबको आत्मा मार्न सकिएन ।।

खतरा भो भन्दै जेल सार्ने होलान् पक्कै ।
ठुला बडा पर्ने डरले मार्ने होलान् पक्कै ।।
न्यायको के आसा गर्ने सबै बिक्रीमा छन् ।
सत्यतथ्य लुकाई कुरा टार्ने होलान् पक्कै ।।

तिम्ले एक पाईला सारे मैले दुई पाईला सार्छु ।
बिश्वासले हात समाउ निर्धक्क भै सागर तार्छु ।।
दुनियाँको कुरै छाडौँ कस्ले कस्लाई के गर्छ र ।
यिनै पाखुरीको भरले झुपडी नि स्वर्ग पार्छु ।।

छ मुहार उज्यालो मन तिम्रो कालो ।
हुन खोज्छौअघि मिची सबको पालो ।।
घमण्डको ज्वाला भित्र हुर्क्यो छुद्र बानी ।
कति ढाक्छौ ईज्जत लगाई सानो टालो ।।

मर्न बरु सजिलो छ बाँच्न धेरै गाह्रो ।
मनमा पीडा लुकाएर हाँस्न धेरै गाह्रो ।।
सिन्को सम्म नभाच्नेले तारा झार्छु भन्दा।
अनुमानमै जिन्दगी यो दाँज्न धेरै गाह्रो ।।

बिरोधकै लागी बिरोध गर्ने बानी त्यागौ।
शब्द सापट मागी बिरोध गर्ने बानी त्यागौ।।
काम गर्नेलाई हजार बाधा कामै नगर्नेले ।
निन्द्रा बाट जागी बिरोध गर्ने बानी त्यागौ ।।

शान्ति अधिकारी

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्