नेपालमा यसरी भएको थियो गणतन्त्र घोषणा

सन्तोष खडेरी

 

एकातिर माओवादी हिंसा उत्कर्षमा पुग्दै गर्दा अर्कोतिर राजधानीमा शाही नरसंहार मच्चिएको थियो । नारायणहिटी दरबार हत्याकाण्डपछि राजसंस्थाप्रति नेपालीको पवित्र आस्था ढल्दो थियो ।

राजा ज्ञानेन्द्रले ८ जेठ ०५९ को संसद् विघटन गरे सोही वर्ष १८ असोजको निर्वाचित प्रधानमन्त्री हटाउने कदम चाले अनि, दुई वर्षपछि १९ माघ ०६१ को तानाशाही कदमले तत्कालीन संविधानको धारा १२७ लाई आफूखुसी व्याख्या गरि शासन सत्ताको बागडोर आफ्नै हातमा लिए।

तर उता दिल्लीमा १२ बुंदे सम्झौता भयो तत्कालीन बिद्रोही माओवादी र बिघटित संसदका ७ संसदवादी दलहरुका बिचमा जसले नै पछि चैत्र २४ मा दोश्रो जनआन्दोलन आह्वान भयो त्यो १९ दिन सम्म चलेपछि अन्ततः तत्कालीन राजा ज्ञानेन्द्रके घुँडा टेके र शाही घोषणा मार्फत जनताको नासो जनतालाई सुम्पिए त्यसपछि गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा सरकार बन्यो विघटित संसद पुनर्स्थापना भयो त्यो संगै ०६३ जेठ ४ गते बसेको बैठकले राजदरबारको अधिकार कटौती गर्यो ।

त्यसपछि राजा र प्रधानमन्त्री दुबैको जिम्मेवारी प्रधानमन्त्रीका रुपमा गिरिजा प्रसाद कोईरालाले सम्हाले। त्यसपछि तत्कालीन माओवादी संग सरकारले २०६३ मंसिरमा शान्ति सम्झौता गर्दै माओवादी समेत संसद र सरकारमा सम्मीलित भई २०६४ चैत्र २८ मा संविधानसभाको निर्वाचन सम्पन्न भयो।

संविधान सभाको पहिलो बैठक २०६५ साल ज्येष्ठ १५ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको गणतन्त्र कार्यान्वयन गर्ने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५६० र विपक्षमा ४ मत परेको थियो।

”नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ बमोजिम गणतन्त्र कार्यान्वयनको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु”जेष्ठ सदस्यको रुपमा सभामुखको जिम्मेवारी निर्वाह गरेका कूलबहादुर गुरुङको यस्तो घोषणा पछि राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना भयो।

तत्कालीन राजा ज्ञानेन्द्रले गणतन्त्रको स्थापनालाई सहज ढंगले स्वीकार्नु पनि वितेको वर्षको एउटा महत्वपूर्ण घटना थियो।

सरकारले तोकेको १५ दिने म्याद भित्रै उनले गत वर्षको जेठ २९ गते साँझ नारायणहिटी राजदरवार छाडेका थिए।
आफ्नो भावपूर्ण सम्बोधनमा उनले भनेका थिए, “जनताको चाहना र इच्छालाई नै सर्वोपरी मान्ने राजपरम्परा अनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु।”

आज गणतन्त्र घोषणा भएको एक दशक पूरा भई एघारौं बर्षमा प्रवेश गरेको छ पछिल्लो एक दशकमा जनताक जनजिविकाका सवालमा कुनै उल्लेख्य प्रगती नभए पनि मुलुकले राजनीतिक रुपमा भने निकै छलाङ मार्यो ।यो बिचमा पहिलो संविधानसभा त्यसै तुहिए पनि बिरलै हुने दोश्रो संविधानसभाको निर्वाचन सम्पन्न भई संविधानसभा बाट नयाँ संविधान जारी भई तिनै तहको निर्वाचन सम्पन्न भएको छ ।जनता अधिकार सम्पन्न भएका छन् र यतिबेला दुई ठुला कम्युनिस्ट पार्टी एकीकरण भई एउटै भएका छन् देशमा एउटा बलियो सरकार बनेको छ ।जसले आफ्नो १०० दिनको मधुमासको समय पूरा गरेको छ। ‘सुखी नेपाली र समृद्ध’ नेपालको नारा तय गरेको सरकारले १०० दिनमा गति सुस्त भए पनि सही मार्ग समातेको छ। यसैमा अगाडी बढेर अब समृद्धिको यात्रा तय गरोस् र सबैलाई देशमा बस्ने बाताबरण बनाई व्यबहारमा सम्पन्न नेपाल निर्माण गरोस् सबैलाई ११औं गणतन्त्र दिवसको शुभकामना ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!