कुन सेलिब्रेटीलाई मोबाइलमा कुन गेम बढी खेल्न मनपर्छ ?

मलाई फुटबल निकै मनपर्छ । त्यसैले म मोबाइलमा पनि फुटबल नै खेल्छु । मोबाइलमा गेम खेल्दा फ्रेस भइन्छ । म विशेषगरी कसैलाई कुर्नुपर्‍यो भने गेम खेलेर बस्छु ।

अभिनेता आकाश श्रेष्ठ

मोबाइलमा गेम खेल्ने उमेर गयो जस्तो लाग्छ । अहिले मोबाइलमा गेम खेल्न अल्छि लाग्छ ।

निर्माता तथा निर्देशक, अभिनेता भुवन केसी

म मोबाइलमा धेरै गेम खेल्छु । हिजोआज चाहिँ रक्की क्लाइम्ब खेलिरहेको छु । समय–समयमा विभिन्न गेमहरू डाउनलोड गरेर खेलिरहेको हुन्छु ।

अभिनेता बिपिन कार्की

म आजकाल लुडो व्यापक खेल्छु । आफूमात्र नभएर अरू साथीहरूसँग मिलेर खेल्न मिल्ने हुँदा टाइम पास गर्न सजिलो हुन्छ ।

अभिनेता गौरव पहारी

केही समय पहिलेसम्म क्यान्डी क्रस निकै खेलेँ, तर अहिले फेसबुक र युट्युब चलाएरै समय बित्छ ।

गायक रामचन्द्र काफ्ले

म आजकाल लुडो धेरै खेल्छु । फुर्सदमा साथीहरूसँग बसेर लुडो खेल्दा निकै रमाइलो हुन्छ । मेरा अधिकांश साथीहरू लुडो नै खेल्छन् ।

अभिनेता पल शाह

म मोबाइलमा कुनै पनि गेम खेल्दिनँ, तर मानसिक स्वास्थ्यका लागि थोरै समय मोबाइल गेम खेल्नु राम्रो हो । यसको अत्यधिक प्रयोगले समस्या पनि निम्त्याएको छ ।

सम्बन्धित् समाचार  कता हराइन् सृष्टि ‘गाजलु’ पछि ?

डा. अनन्त अधिकारी, मनोचिकित्सक

मलाई मोबाइल गेमले कुनै आकर्षण गरेन । म सन् १९८२–८३ मा अमेरिकामा पढ्दा भर्खरै डिजिटल गेम प्याकम्यान सुरु हुँदा त्यो गेम खेल्ने बक्स किनेर छोरालाई खेलाउँदा खुब मज्जा लाग्थ्यो तर त्यस्ता गेमहरू नेपालमा नआएकाले त्यति चाख लागेन ।

गीतकार राजेन्द्र थापा

वास्तवमा भन्ने हो भने मलाई मोबाइलमा गेम खेलेर बस्ने फुर्सद नै हुँदैन । दिउँसो अफिसमा हुन्छु बेलुका घर आएर फेसबुक, भाइबर तथा इन्स्टाग्राममा व्यस्त रहन्छु ।

मोडल सुप्रिया कटुवाल

म पहिले चाहिँ क्यान्डी क्रस धेरै खेल्थे । यतिसम्म कि बेलुकादेखि बिहान ४ बजेसम्म पनि क्यान्डी क्रस खेलेकी छु, तर अहिले गेम खेल्ने फुर्सद नै हुँदैन ।

लोकगायिका मुना थापामगर

म मोबाइलमा गेम नै खेल्दिनँ । पहिले क्यान्डी क्रस चाहिँ धेरै खेल्थेँ, तर अहिले फेसबुक चलाएर बस्छु ।

अभिनेत्री निता ढुंगाना

मैले एक पटक मोबाइलमा क्यान्डी क्रस गेम डाउनलोड गरेँ । त्यो गेम मैले दिनरात खेलेँ, जसले गर्दा मेरो धेरै समय खेर गयो अनि त्यसलाई डिलिट हाने १ त्यो गेमलाई मैले मोबाइलबाट हटाएदेखि अहिलेसम्म एउटा पनि गेम मोबाइलमा डाउनलोड गरेकी छैन, तर कहिलेकहिँ कुनै साथीले क्यान्डी क्रस खेलिरहेको फेला पारे भने चाहिँ उनीहरूको मोबाइलमा खेल्छु ।

सम्बन्धित् समाचार  निर्देशनमा फर्किए शोभित

अभिनेत्री बेनिशा हमाल

म खासै गेम लभर होइन, त्यही भएर मोबाइलमा त्यति गेम खेल्दिनँ । म धेरैजसो सामाजिक सञ्जाल तिरै व्यस्त हुन्छु । यद्यपि पहिले एकपटक क्याण्डी क्रस खेल्ने लत लागेको थियो ।

मिस नेवाः सुनिता डंगोल

मेरो मोबाइलमा गेमको कुनै पनि एप छैन । म अनलाइनमा उपलब्ध हुने गेम समेत खेल्दिनँ ।

गायक नवीन पौडेल

म मोबाइलमा विभिन्न गेम खेल्छु । मेरो मोबाइलमा धेरै गेम छन्, तर विशेषगरी टेम्पल रनचाहिँ निकै खेल्छु । किनभने यो गेम खेल्ने क्रममा राक्षसले लखेटदा आफू नै भागे जस्तो लाग्छ ।

गायक सत्यराज आचार्य

म मोबाइलमा धेरैजसो तास र रेसिङ कार खेल्छु ।

कलाकार आरपी पन्त

म तीन पत्ती खेलिरहेको छु ।

बिनोद सिंह, इभेन्ट मेनेजर

एकताका क्यान्डि क्रस खुबै खेलें । अहिले चाहिं कलरक्यूब खेल्छु ।

गायक सन्तोष कोन्मे

मोबाइलमा लूडो खेल्न रुचाउँछु ।

इभेन्ट मेनेजर धीरज तण्डुकार

मलाई मोबाइलमा गेम खेल्दा समय नै बर्बाद भैरहेको जस्तो लाग्छ, त्यसैले म खेल्दिन ।

निर्देशक सिपी पुडासैनी

म मोबाइलमा गेम खेल्दिनँ । अरूले खेलेको देखेरै पुगिसक्यो । कतिपयले फेसबुकमा क्याण्डी क्रस खेल्न रिक्वेस्ट पठाएर हैरान बनाएकाले मैले ती साथीहरुलाई फेसबुकबाटै हटाइदिएँ ।

सम्बन्धित् समाचार  शुक्रबारदेखि 'शेरबहादुर' प्रदर्शन हुने

गायिका आस्था राउत

म कहिलेकाहीँ मोबाइलमा लुडो खेल्छु, तर मोबाइलमा धेरैजसो फेसबुक नै चलाइरहेको हुन्छु ।

गायक शिव हमाल

म धेरैजसो मोबाइलमा क्यान्डी क्रस खेल्छु । यतिसम्मकी एकताका श्रीमतीले गाली गर्छिन् भनेर बेलुका सिरकले मुख छोपेर समेत खेल्थेँ ।

निर्देशक प्रदीप भट्टराई

मेरो मोबाइलमा धेरै गेम छन्, तर खेल्ने समय हुँदैन । तैपनि कहिलेकाहीँ चेस चाहिँ खेल्छु ।

निर्देशक आकाश अधिकारी

पहिले–पहिले चेस धेरै खेल्थेँ, तर अहिले खेल्ने समय र इच्छा दुवै छैन ।

राजनराज सिवाकोटी, संगीतकार

म मोबाइलमा स्नेक गेम बढी खेल्छु ।

खुमन अधिकारी, गायक

फुर्सद भए क्यान्डीक्रस खेल्छु ।

हास्यकलाकार केदार घिमिरे

म मोबाइलमा धेरैजसो लुडो खेल्छु, टेन्सनमा छु भने पनि लुडो खेलेपछि फ्रेस हुन्छु ।

हास्यकलाकार अर्जुन घिमिरे

कान्तिपुर साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: