घरेलु कामदारलाई पनि गरिखाने देउ

नेपाल सरकार र सम्बन्धित निकायको मौनताले स्वदेश देखि बिदेश सम्म नेपाली कामदारहरुले दुख भोगिरहेका छन।देशमा रहेको राजनैतिक किचलोको मारमा परेका नेपाली जनता झनै नेपाल सरकारको मौनता र कर्मचारी तन्त्रको लापरबाहीको कारण समस्यामा परेका हुन।

नेपालबाट बैदेशीक रोजगारीमा झण्डै पचास लाख नेपाली कामदारहरु पुगेको बिभिन्न तथ्यांकहरुले देखाएको छ। अहिले पनि नेपालबाट राम्रो अबसरको खोजी गर्दै बिदेशीने नेपाली हरुको संख्या दिन प्रतिदीन बढदो छ।नेपालमा भने जस्तो आम्दानी गर्न नसक्ने यदी राम्रै आम्दानी भएपनि सोचे जति बचत नहुने कारण देखाउदै बिदेशिने नेपालीहरुको संख्या तिब्र हुदै गएको छ। सामान्य कामदार देखी केही राम्रो पोष्टमा काम गर्ने नेपालीहरु यतिबेला बिभिन्न देशहरुमा कार्यरत रहेका छन।

राज्यले पर्याप्त मात्रमा रोजगारी श्रृजना गर्न नसक्दा दक्ष तथा अर्धदक्ष कामदारहरु बिदेशिन बध्य छन। यतिबेला पुरुषहरु मात्र नभएर महिलाहरु पनि बैदेशिक रोजगारमा पुगेका छन। बैदेशिक रोजगारबाट धेरैले आफ्नो घरपरिवार राम्रोसंग चलाएका छन भने कतिले घरपरिवार संगै जग्गा जमिन घर घडेरी समेत जोडेका छन। राम्रै काम र चित्त बुझ्दो कमाई हुदा हुदै पनि यतिबेला घरेलु कामदारहरु भने बिगत लामो समय देखि अन्योल अबस्थामा रहेका छन्।

नेपाल सरकार, बैदेशिक रोजगार बिभाग तथा श्रम बिभाग लगायतका निकायले घरेलु कामदारको भिषामा ब्यबस्थित गर्ने भन्दै मलेसिया लगायतका खाडी मुलुक कतार, साउदी अरब, कुवेत, बहराईन, ओमन, युएई जस्ता देशहरुमा घरेलु कामदार भिषामा तत्काल श्रम सिफारीस नदिने निर्णय गरेर बिना तयारी श्रम स्विकृतिमा रोक लगाउदा लाखौंको संख्यामा रहेका घरेलु कामदारहरु मर्कामा परेका छन् ।नयाँ भिषामा श्रम सिफारिस नदिए पनि पुरानो भिषा जो नियमित रुपाम बिदेशमा बसेर काम गरिरहेका स्वदेशमा छुटिमा आएर फर्किन चहाने कामदारहरु लाई श्रम स्विकृति नदिएर अन्याय गरेको देखिन्छ।

स्वदेशमा रोजगारीको ब्यबस्था गर्न नसके पनि बिदेशमा बसेर काम गरिरहेकाहरुको लागी सरकार र सम्बन्धित निकाय भन्दा कामदार आफैलाई थाहा हुन्छ आफ्नो काम राम्रो छ कि छैन भनेर तर सरकार र बैदेशिक रोजगार बिभागले त्यती सम्म पनि सोच्न नसक्दा यतिबेला बिदेशमा रहेका घरेलु कामदारहरु समस्यामा पर्नुको साथै अन्योल अबस्थामा रहेका छन।

सम्बन्धित निकायले श्रम सिफारिस नदिए पनि दलालहरुले मोटो रकम असुलेर जाली कागज पत्र तयार गर्दै बिदेश पठाउनेक्रम भने बढदो छ।

अहिलेको अबस्थामा लाखौंको संख्यामा बिदेशी भुमीमा कार्यरत घरेलु कामदारहरु बाध्यताले दलाललाई मोटो रकम तिरेर भाएपनि सेटिड. मार्फत ओहोर दोहोर गरि रहेका छन्। यसरी झट्ट हेर्दा सरकार तथा सम्बन्धित निकायको नियतमा खोट देखिन्छ। सिधाबाटो बन्द गरेर चोर बाटोबाट जान बाध्य पार्नुको सट्टा सिधा बाटो खुल्ला गरि दिए सोझा सिधा गरिबीको रेखामुनी रहेका नेपालीहरु लाभान्भित हुने थिए तर त्यतातिर कसैको चासो गएको देखिदैन। जताततै बिना बिकल्प नयाँ योजना ल्याउदा नत ब्यक्तीलाई फाईदा हुन्छ नत सम्बन्धित निकायलाई यस्ले समस्यालाई मात्र निम्त्याई रहेको हुन्छ भने समस्या समधानको सट्टा झन बढी समस्याहरु थपिदै गएको हुन्छ ।यसरी लामो समय सम्म अन्योल अबस्थामा रहेका नेपाली घरेलु कामदारहरुको बारेमा सम्बन्धित निकायले चासो नदिनु भनेको आम घरेलु कामदारहरुको अपमान गर्नु हो भन्दा गलत नहोला।

लेखक : उत्तम बिक

रेमिटेन्स भित्राउदै देशको अर्थतन्त्र धानेका बैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागी कसैले चासो देखाएको देखिदैन।

स्वदेशमा राज्यलाई राजस्व बुझाएर बिदेश पुगे पनि बिदेशमा अलपत्र पर्दा राज्यले खासै चासो राखेको देखिदैन। बिदेशमा रहेका नेपालीहरुले लाखौं लाख रकम जम्मा गरेर अलपत्र नेपालीहरुको उद्धार गर्छन तर सरकार तथा सम्बन्धित निकायलाई सहयोगको लागी अपिल गर्दा सहयोगको सट्टा उल्टै पिडा युक्त अभिब्यक्तीहरु दिएको उदाहरणहरु धेरै छन।

स्वदेश देखि बिदेश सम्म मानब तस्कर दलालहरुको सेटिड. भईरहदा सरकार तथा सम्बन्धित निकाय निरिह बनेर टुलुटुलु हेरिरहेको देखिन्छ।देशको कानुनको समेत बेवास्ता गर्दै खुलेआम ठगि धन्दा गर्ने दोषिलाई कानुनी कठघरमा ल्याउन सम्बन्धित निकायले सकिरहेको छैन। बिगतमा रहेको राजनैतिक अस्थिरताको फाईदा उठाउदै सर्बसाधारण माथी ठगी धन्दा गर्नेहरु अहिले पनि स्वदेश देखि बिदेश सम्म सक्रिय छन तर कारबाही हुन सकेको छैन। यि यस्ता यावत समस्याहरुको समधान कहिले हुन्छ ? के देशको कानुन दलालहरुले किनेकै हुन त ? नत्र उनिहरुलाई कारबाही किन गर्न सकिदैन ? यस्ता हजारौ प्रश्नहरुको उत्तर खोज्न आम श्रमिक जग्नै पर्छ। कुनैपनि समस्याको समधान गर्न सडकमा आगो बाल्नै पर्ने, आन्दोलन, बन्द, हडताल गर्नै पर्ने परिपाटीको अन्त्य गर्दै निश्पक्ष पिडितको पक्षमा फैसला हुनुपर्छ ।

बैदेशीक रोजगारमा रहेका घरेलुकामदार भिषा र भिजिट भिषामा लामो समय देखि रहेको अन्योलको अन्त्य तत्काल गरिनु पर्छ।लामो समय देखि घरपरिवारबाट अलग हुदै बिदेशमा रहेका घरेलु कामदारहरु निर्वाध रुपमा आउन जान पाउनु पर्छ। सरकार तथा सम्बन्धित निकायले सुधार नै गर्ने हो भने नयाँ भिषामा जाने नयाँ कामदारहरुको बिषयमा ब्यबस्थापन गर्दा हुन्छ तर पुरानो ब्यक्तीहरु जो दुईबर्ष देखी दश बाह्रा बर्ष सम्म काम गरेर बसेका कामदारहरुलाई ब्यबस्थापनको नाममा गरिएको ज्यादतीको अन्त्य गरिनु पर्छ।बिना अपराध दुख दिने कामको अन्त्य गरिनु पर्छ।यदि यसो गर्न मिल्दैन र सकिदैन भने बिदेशमा रहेका घरेलु कामदारहरुलाई अपराधी घोषणा गरेर सजाय देउ नत्र गरि खानेलाई गरिखाने बाटो खुल्ल गरिदेउ सरकार।

स्वदेशमा जस्तो सानो समस्यामा पनि घरेलु कामदारले आन्दोलन नै गर्नु पर्ने हो ? हैन भने लाखौंको संख्यामा रहेका घरेलु कामदारहरुलाई दुख दिएको लामो समय भईसक्यो अब छिटै वार कि पार गरिनु पर्छ। हैन भने भोली नेपाल फर्किएर बेरोजगार बन्दै श्रममन्त्रालय देखि श्रमबिभाग तथा सम्बन्धित निकाय सम्म ताला लगाउने दिनको प्रतिक्षा नगरियोस।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!