सुरु भयो एसएसपी खत्रीको बयान लिने क्रम, सुनकाण्डको रहस्यबाट थप पर्दा उठ्ने विश्वास

मोरङ, जेठ १७। सुन तस्करीमा संलग्नता रहेको आरोप लागेपछि फरार रहेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले जिल्ला अदालत मोरङसमक्ष आत्मसमर्पण गरेपछि उनको बयान लिने क्रम सुरु भएको छ।

जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा अहिले एसएसपी खत्रीको बयान लिने क्रम जारी रहेको छ।

न्यायाधीश नारायणप्रसाद शर्मा समक्ष एसएसपी खत्रीले बयान दिइरहेका छन्।

अदालतले खत्री कुन समयमा कति बजे अदालत आएका हुन् भन्नेबारे केही कुरा खुलाएको छैन। मोरङका प्रहरी प्रवक्ता डिएसपी निसान थापाले खत्री अदालतको सम्पर्कमा आएको थाहा भएको जानकारी दिए।

सुन तस्करी काण्डका नाइके मानिएका गोरेले एसएसपी खत्रीलाई आफ्नो नाइके बताएका कारण एसएसपी खत्रीको बयानपछि उक्त काण्डबारे थप रहस्य खुल्ने विश्वास गरिएको छ।

सुन काण्डका अर्का मुख्य भनिएका अभियुक्त धरानका सुन व्यापारी मोहनकुमार अग्रवाल भने अझै फरार छन्।

थप समाचार 

३३ किलो सुनकाण्डमा अर्को मोड, फरार एसएसपी खत्रीले गरे आत्मसमर्पण

२७ पृष्ठ लामो बयानमा गोरेले यस्तो भने-

गोरे जेल चलान

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!