भारतमा पेट्रोलको मुल्यमा कटौतीले ल्यायो यस्तो समस्या

भारतमा डिजेल र पेट्रोलको मूल्यमा कटौतीले उपभोक्ताका निम्ति अनौठो समस्या ल्याइदिएको छ।

भारतका सबै जसो प्रमुख अखबारहरूले प्राथमिकताका साथ छापेको खबर अनुसार पेट्रोलियम पदार्थमा एक पैसाको कटौती  एक पैसाको कटौतीको खबर लगभग सबै अखबारमा पहिलो पेजमा छापिएको छ ।

नवभारत टाइम्समा छापिएको रिपोर्टका अनुसार करिब दुई हप्तादेखि इन्धनको मूल्य लगातार बढेपछि पहिलो पटक मूल्य घटेको हो ।

सामाजिक सञ्जालमा युजर्सहरुले व्यंग्य गरिरहेको अखबारमा छापिएको छ, इन्धनको मूल्य एक पैसा कम भयो र अहिले धेरै व्यक्तिहरुले सोधिरहेका छन् – मोदीजी के गरेको यस्तो ?

खासमा सुरुमा आएको समाचारमा मूल्य प्रतिलिटर ६० पैसा कम भएको भनेर छापिएको थियो । तर, चाँडै नै इण्डियन आयल कर्पाेरेशनले प्रष्ट पार्दै मूल्य एक पैसा मात्र कम भएको स्पष्ट पारेको थियो । कर्पोरेसनले टाइपिङमा गडबडीका कारणले एक पैसाको ठाउँमा ६० पैसा छापिएको बताएको थियो ।

अब उपभोक्ताले भने पेट्रोलियम पदार्थमा भएको उक्त कटौतीलाई राहत मान्ने या ठट्टा छुट्याउन गाह्रो भएको छ।

 

यस्ता पनि दिन आए, नेपालबाट भारत तस्करी हुन थाल्यो पेट्रोलियम पदार्थ

यसकारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलको भाउ प्रतिलिटर ११० पुग्यो

गजबको सडक, चल्दाचल्दै विद्युतीय वाहन चार्ज हुने, पेट्रोल वाहनको छुट्टी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!