सेञ्चुरीद्वारा पश्चिमका तीन जिल्लामा शाखा विस्तार

काठमाडौं, जेठ १७ । सेञ्चुरी कमर्सियल बैंक ९ऋऋद्यी० ले आफ्नो बैंकिङ्ग पहुच पु¥याउने उद्देश्य प्रदेश नं ५ र ६ का तीन जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ ।

सेञ्चुरी बैंकले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका, दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं १ नयाँबजार र दाङ जिल्लाको घोराही नगरपालिका शहीद गेटमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले स्थानीय जनप्रतीनिधिहरु तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थितिमा बैंकले बिहीबार औपचारिक रुपमा शाखाको शुराम्भ गरेका हुन ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत श्री तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ‘नागरिक वचतपत्र २०८०’ को बिक्री खुला, कति पाइन्छ ब्याज ?
%d bloggers like this: