रमाइलो चुट्किलाः शेरेको मोबाइलमा यस्तो म्यासेज…‍.

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन ।

एकदिन उसले म्यासेजमा आई लभ यु लेखेर पठाउने निर्णय गरेछ ।

उसले राती आई लभ यु लेखेर केटीको नम्बरमा म्यासेज पठाएछ ।

केही समयपछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलिपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएरमात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ ।
रातभरि केटीकै सपना देखेछ ।

बिहान उठेर नुहाएछ र मन्दिर गएछ ।

अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रहेछ….

+9771414 Your
Message Not delivered.
Account balance: 0.17 Rupees.
Please recharge in time.
Thank you

कमेन्ट गर्नुहोस्

error: Content is protected !!