वेवी आइ लभ यु मा दर्शकको भीड

नेपाली फिल्म बजारमा यो साता ‘वेवी आइ लभ यु’ प्रदर्शनमा आएको छ । शुक्रबार देशै भर एकैपटक प्रदर्शनमा आएको फिल्म वेवी आइ लभ युले प्रदर्शनको पहिलो दिन दर्शकबाट उत्साहजनक प्रतिकृया पाएको निर्माण पक्षले जनाएको छ ।

फिल्मलाई जनक पाण्डेको निर्देशान गरेका छन भने लिची इन्टरटेन्मेण्ट प्रालिको ब्यानरमा शिव न्यौपानेले निर्माण गरेका हुन । फिल्म पूर्णरुपमा प्रेमकथामा बनेको र उक्त कथालाई दर्शकले रुचाएको निर्माण पक्षको दावी छ ।

फिल्ममा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा , राजु कमेडी, रेशम वुडाथोकी अप्सन पन्थीको मुख्य भूमिका रहेको छ ।

फिल्म प्रदर्शनको पहिलो दिन काठमाडौंका गोपी कृष्ण, गुण सिनेमा, अष्टनारायण लगायतका हलहरु हाउसफुल रहेको साथै उपत्यका बाहिरका चितवन र पोखराबाट समेत उत्साह जनक प्रतिकृया दर्शकको रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्ममा अभिनेता सन्तोष खड्गी र अभिनेत्री पूजा तिवारी बीचको मिलन र बिछोड (प्रेम र बिछोड) लाई पर्दामा अत्यान्तै कलात्मक तरिकाले प्रस्तुत गरिएको दाबी निर्माण पक्षको रहेको छ ।

प्रतिकृया बुज्न खोज्दा नेपाली चलचित्र क्षेत्रकी नायिका तथा निर्मात्री दिप्शिखा खड्काले यो चलचित्र वेवी आइ लभ यु अत्यान्तै सरल तथा मन छुने प्रेमकथामा बनेको प्रतिकृया दिएकी छिन भने दिप्शिखाले पहिलो दिन नै फिल्म हेरेको र कथा र अभिनयले दर्शकलाई चलचित्र अवधिभर कुनै बोर फिल नहुने जनाइन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: