लगातार घटेको सुनचाँदीको मूल्य अाज कति छ ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य यथावत नै रहेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बजारमा सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य यथावत नै रहेको छ ।

आइतबार चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्