दोस्रो खेलमा पनि बंगलादेशकाे हार, अफगानिस्तान ६ विकेटले विजयी

काठमाडौं, जेठ २३ । बंगलादेशसँगको ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखला अन्र्तगत दोस्रो खेलमा पनि अफगानिस्तान विजयी भएको छ ।

गए राती भारतको देहरादुनमा भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई ६ विकेटले हराउँदै दोस्रो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र १३४ रन बनायो । उसका लागि सर्वाधिक टमिम इक्वलले ४४ रन बनाए । अन्य ब्याट्सम्यानले सम्झन लायक प्रर्दशन गर्न सकेनन् ।

बंगलादेशलाई थोरै रन बनाउन दिनमा अफागानिस्तानका रशिद खानले हिजोको खेलमा पनि उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा चार विकेट लिदै मात्र १२ रन खर्च गरे । उनी पेलेयर अफ दि म्याचसमेत भए ।

यस्तै, अफगानिस्तानका लागि मोहम्मद नाबी २, साप्पोर जर्डोन र करिम जनतले समान एक एक विकेट लिए ।

१३५ रनको लक्ष्य पाएको अफानिस्तानले सात बल अगाबै चार विकेटको क्षतीमा लक्ष्य भेट्टायो ।

उसका लागि समिउल्लाह सेनवारी ४९, मोहम्मद नाबी नट आउट ३१ र मोहम्मद सेहजादले २४ रनको योगदान गरे । बंगलादेशका मोसाडिक हसन २, रुबेल हसन र अबु हिडरले एक एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्