लगानीकर्ताको आन्दोलनले सेयर बजार ठप्प

काठमाडौं, जेठ २३ । हकप्रद र बोनस सेयरमा अंकित मूल्यलाई आधार मूल्य मानेर पुँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोवार नै ठप्प पारेका छन् ।

आन्तरिक राजस्व विभागले आईतबार यस्तो ब्यहोराको पत्र पठाएसँगै आन्दोलित लगानीकर्ताले सोमबार दिनभर वार्ताद्धारा सहमति खोज्ने प्रयास गरेका थिए ।

तर, सोमबारको वार्ताबाट कुनै सहमति नजुटेपछि मंगलबार कारोवार नै ठप्प भएको हो ।

सार्वजनिक विदाबाहेक नियमित कारोबार हुँदै आएको सेयर बजार यसरी बन्द भएको यो दोस्रोपटक हो । आजको कारोवार दैनिकमा खबर छ।

कमेन्ट गर्नुहोस्