राना-थारु समुदायका युवती सिलाइ-कटाइमा आकर्षित

कञ्चनपुर, जेठ २३ । कञ्चनपुरको दक्षिण पुनर्वास नगरपालिका–८, खड्डाकी ३० वर्षीया माया राना विगत एक दशकयता सिलाइ÷कटाइको काम गर्नुहुन्छ ।

आफूसित सीप र लगनशीलता भए सफल भइन्छ भन्ने उदाहरण बन्नुभएकी रानाको परिवारको खर्चसमेत सिलाइ÷कटाइबाटै चलेको छ ।

धनगढी उपमहानगरपालिकाको ‘कैलाली गाउँ’मा माइतीघर छँदा सिलाइ कटाइको काम सिक्नुभएकी राना विवाहपछि उक्त सीप दैनिकी धान्ने औजार बनेको बताउनुहुन्छ ।

“विवाहपछि केही समय घरमै बसेर पनि गाउँलेको लत्ताकपडा तथा स्कूल डे«सहरु सिलाइ गरेँ”, उहाँले भन्नुभयो, “श्रीमान् फर्निचरको काम गर्नुहुन्छ, म सिलाइको ।” दम्पतीसित भएको सीप नै उहाँहरुको परिवारको लालनलापनदेखि खर्च टरेको छ ।

सिलाइको कामसँगै पछिल्लो समय गाउँका महिलालाई समेत सिलाइ÷कटाइको प्रशिक्षण दिँदै आउनुभएकी माया राना पछिल्लो समय राना थारू समुदायका युवतीसमेत सीपमूलक काममा आकर्षित भइरहेको बताउनुहुन्छ ।

गाउँको सिलाइ पसलमा खड्डा, कंकड, धनसिंगा, ‘ख’ गाउँ, बीचफाँटाबाट समेत स्थानीयवासी आउने गरेको उहाँले बताउनुभयो ।

उहाँले सिलाइ÷कटाइबाट मासिक रु दश हजारभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो ।

उहाँले राना समुदायमा युवा पुस्तामाझ भने परम्परागत पहिरन लोप हँुदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

सम्बन्धित् समाचार  आजदेखि मनसुन सुरु

त्यसैगरी, सोही गाउँकै २१ वर्षीया सुमित्रा राना पनि प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिएर सिलाइ कटाइ नै गर्नुहुन्छ । विगत सात महिनादेखि सिलाइको काम सिकिरहेको बताउँदै उहाँले पनि सीप सिकेर व्यापार गर्ने योजना रहेको बताउनुभयो ।

विगतमा घरमा सिलाइ÷कटाइ गरेबापत सिलाउनेलाई अन्न दिने प्रचलनसमेत हट्दै गएको उहाँले बताउनुभयो ।

त्यसैगरी, स्थानीयवासी देवकी राना पनि सुमित्रासित सिलाइको काम सिक्दैहुनुहुन्छ ।

उहाँले राना र थारू चौधरी समुदायका युवायुवती सीपमूलक काममा अग्रसर रहेको बताउनुभयो ।

“पहिले अरू समुदायले मात्रै यो काम गर्थे”, उहाँले भन्नुभयो, “आम्दानीको राम्रो स्रोत बन्न थालेपछि सबैको ध्यान सीपमूलक कामले तान्दै गयो ।” रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: