फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, जेठ २३ । बुधबार सुनचाँदीको मूल्य बढेको छ । साताका पहिला तीन दिन स्थिर रहेको सुनचाँदीको मूल्य बुधबार बढेको हो ।

आज छापावाला सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमै कारोबार भइरहेको छ । मंगलबार भन्दा यो १०० बढी हो । मंगलबार छापावाल सुन ५८ हजारमा कारोबार भएको थियो ।

आज पनि तेजावी सुन ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएरहेका छ । मंगलबार चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  चाडबाड नजिकिदै गर्दा बजारमा ह्वात्तै बढ्यो सुनचाँदीको भाऊ !
%d bloggers like this: