भारतमा निपाह भाइरसको आतंक, फलफुलको बजार प्रभावित

नयाँ दिल्ली । भारतको केरल राज्यमा फैलिएको निपाह भाइरसको संक्रमणका कारण त्यहाँको जनजीवन मात्र प्रभावित भएको छैन बरु कृषि अर्थतन्त्रमा समेत धेरै ठुलो प्रभाव परेको छ ।

केरल व्यापार संघले दिएको जानकारी अनुसार यस भाइरसको त्रासले मानिसहरूले तरकारी र फलफूलको सेवन बन्द गरिदिएका छन् जसले गर्दा तरकारी तथा फलफूल व्यवसाय धराशायी हुने अवस्थामा पुगेको छ।

केरलमा यस भाइरसका कारण हालसम्म १७ जनाको ज्यान गइसकेको छ । तटीय नगर कोझिकोडमा मात्रै १४ जनाले ज्यान गुमाएको भारतीय मिडियाले जनाएको छ।

प्रभावित इलाकाहरूको जनजीवन तंग्रिन थालेको भएपनि फलफुल र तरकारीबाट भाइरस फैलिएको हल्लाका कारण गत १० दिनमा मात्रै १.६ खर्ब रुपैयाँको तरकारी र फलफुल कुहिएको छ ।

केरलमा प्रतिदिन ३२ अर्बको तरकारी तथा फलफुल खपत हुने गरेको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!