बंगलादेशसँगको ट्वेण्टी-ट्वेण्टी शृंखला अफगानिस्तानले जित्यो, अन्तिम खेलमा एक रनले विजयी

काठमाडौं । बंगलादेशसँगको ट्वेण्टी-ट्वेण्टी क्रिकेट शृंखला अफगानिस्तानले जितेको छ । हिजो भएको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित निकाल्दै श्रंखला जित्न सफल भएको हो ।

गए राती भएको खेलमा अफानिस्तानले बंगलादेशलाई एक रनले हरायो । उसले तिन वटै खेलमा लगातार जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १४४ रन बनायो ।

उसका लागि सर्वाधिक समिउल्लाह सेनवारीले ३३ रन बनाए । अन्य ब्याट्सम्यानले भने खासै राम्रो प्रर्दशन गर्न सकेनन् । बंगलादेशका लजमुल इस्लाम २, शाकिबअल हसन १, अबु जायड २ र आरिफुल हक्वीले एक विकेट लिए ।

१४५ रनको विजयी लक्ष्य पाएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । उसका लागि मुजफ्र रहेमान ४६, महाउडुल्लाहले ४५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

अफागानिस्तानलाई जिताउन मुजफ्र रहेमान, राशिद खान र करिम जवतले समान एक-एक विके लिए । बाँकि तिन खेलाडी रन आउट भएका थिए । खेलको पेलेयर अफ दि सिरीज रशिद खानले पाउँदा पेलेयर अफ दि म्याच मुजफ्र रहेमानले प्राप्त गर्न सफल भए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: