‘सेक्रिड गेम्स’को ट्रेलर सार्वजनिक, सैफअली र नवाजुद्दीनको खतनाक भिड्न्त (भिडियाेसहित)

मुम्बई। सैफ अली खान र नवाजुद्दीन सिद्दीकी जस्ता अभिनेता जब आपने सामने हुन्छन् तब कडा प्रतिस्पर्धा त हुने नै भयो । उनीबीचको भिड्न्त अब छिट्टै प्रदर्शन हुने टेलिभिजिन सिरियल सेक्रिड गेम्समा देख्न दर्शकले देख्नपाउने छन् । जसको ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ ।

यी दुईबीचको यो सिरियलमा यतिबेला चर्चा चुलिएको छ । साथै यस सिरियलमा बलिउडका अन्य वरिष्ठ कलाकारहरुले पनि अभिनय गर्ने भएपछि झनै चासोका साथ प्रतिक्षा गरिएको छ ।

सैफअली खान र नवाज़ुद्दीन सिद्दीलाई एउटै पर्दामा उतार्ने काम चाहि गरेका हुन चर्चित कलाकार नेटफ्लिक्सले । भर्खरै सिरियल बनाउने घोषणा गरिएको हो ।

सेक्रिड गेम्समा सैफअलीले सिख प्रहरी सरताज सिंहको भूमिकामा देखिने छन् । लामो समय प्रेम कहानीमा आधारित सिनेमामा देखिएका सैफअली यो सिरियलमा भने कडा प्रहरी अधिकृतको भूमिकामा देखिने छन् ।

आठ भागमा बनाइने सिरियललाई विक्रमादित्य मोटवाने र अनुराग कश्यपले निर्देशन गर्ने बताइएको छ । सिरियलमा सैफअलीको भिडन्त नवाजुद्दीन सिद्दीकीसनग् हुने छ । नवाजुद्दीन ग्याङस्टार गणेश गायतोण्डेको भूमिकामा हुने छन् ।

नवाजुद्दीनले सैफअली खानलाई २५ दिनभित्र आफ्नो शहरलाई बचाउन सक्छ भने बचा भनेर खुलारुपमा चुनौति दिने छन् ।

सिरियलमा राधिका आप्टे, सुरवीन चावला र राजश्री देशपाण्डेको पनि मूख्य भूमिका रहने छ । सिरियल विक्रम चन्द्राको बेस्ट सेलर सेक्रिड गेम्सको कथा बनाउन लागिएको हो । जसमा प्रहरी र ग्याङस्टारको लडाईमा सामेल माफिया र भ्रष्ट नेताको बारेमा कथा छ ।

सरताज मुम्बई प्रहरीको एक जना इमानदार प्रहरी अधिकारी हुन । सिंहलाई एक दिन बिहानै कसैले फोन गरेर भन्यो उनले जी कम्पनीको खतरनाक ग्याङस्टारलाई पक्राउ गर्न सक्छन् ।

नवाजुद्दीनलाई ग्याङस्टार गणेश गायतोण्डेका भूमिकामा हुने छन् भने राधिका आप्टे र को विश्लेषकको भूमिकामा । यो सिरियल अर्का महिना अर्थात जुलाईबाट शुरू हुने छ ।

सैफ अली खान पछिल्ला दिनमा एउटा नाटकको शुटिङमा व्यस्त छन् भने नवाजुद्दीन फिल्मको प्रतिक्षामा छन् । नवाजुद्दीन यति बेला दुईवटा फिल्मको प्रतिक्षमा छन् । एउटा चर्चित साहित्यकार सआदत हसन मन्टोको की भूमिका र अर्को शिव सेना प्रमुख बाल ठाकरेको ।

कमेन्ट गर्नुहोस्