सुनचाँदीको मूल्य निरन्तर उकालो, कति पुग्यो आज ?

काठमाडौं, जेठ २५ । केही दिनदेखि बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दै गइरहेको छ ।

आज पनि सुन तोलामा थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा थप पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदी सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  काठमाडौं अाइपुगे थाइल्याण्डका प्रधानमन्त्री
%d bloggers like this: