मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुन राष्ट्रिय टीममा पर्न सफल

नयाँदिल्ली, जेठ २५ । भारतीय क्रिकेट कंन्ट्रोल बोर्ड (बीसीसीआई) ले मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई श्रीलंकाविरुद्धको चार दिवसीय खेलका लागि अण्डर–१९ राष्ट्रिय टोलीमा छनौट गरेको छ ।

भारतको अण्डर–१९ राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा ११ जुलाईदेखि ११ अगस्तसम्म दुईवटा चार दिवसीय र पाँच एक दिवसीय खेल खेल्ने छ ।

बायाँ हाते व्याट्सम्यान र बायाँ हाते तेज बलर अर्जुन तेन्दुलकरलालई चार दिवसीय खेलका लागि टीममा छनोट गरिएको हो । तर उनीे वनडे टीममा भने पर्न सकेनन् ।

२४ सेक्टम्बर १९९९ मा जन्मिएका अर्जुन गएको वर्ष मुम्बईको अण्डर–१९ टीमका लागि छनोट भएका थिए ।

यो वर्ष गएको अप्रीलमा धर्मशालामा २५ मे मा अण्डर–१९ खिलाडीहरुका लागि सञ्चालित एक महिने क्याम्पमा पनि उनी सहभागी दिए ।

यसै वर्षको शुरुमा अस्ट्रेलियामा आयोजित स्पिरिट अफ क्रिेकेट ग्लोबल चैलेन्ज प्रतियोगिमा पनि अर्जुनले भाग लिएका थिए । क्रिकेटर्स क्लब अफ इन्डियाबाट खेल्दै अर्जुनले हङकङ क्रिकेट क्लबका विरुद्ध टी–२० म्याचमा शानदार प्रदर्शन गरेका थिए ।

उनले २७ बलमा ४८ रन बनाए भने उत्कृष्ट बलिङ गर्दै चार ओभरमा चार विकेट पनि लिए ।

उनी समय निकालेर बुबा सचिन तेन्दुलकरसँग पसिना बगाउदै नेटमा अभ्यास गरिरहेका हुन्छन् ।

कमेन्ट गर्नुहोस्