अब हाइड्रोजन रेल

फ्रान्सको बहुराष्ट्रिय कम्पनी आल्स्ट्रोनले हाइड्रोजनबाट चल्ने रेलको विकास गरेको छ । उक्त रेल बिना आवाज चल्छ ।

कोराडिया आइलिन्ट नामक उक्त हाइड्रोजन ट्रेनलाई रेल नेटवर्कमा एउटा क्रान्ति नै मानिएको छ । कम्पनीले यसको पहिलो मोडल परीक्षण गर्नुका साथै तस्बिरसमेत सार्वजनिक गरेको छ ।

रेलको इन्धन ट्यांकीलाई १५ मिनेटमै भर्न सकिन्छ र एकपटक इन्धन भरेपछि १ हजार किलोमिटर यात्रा गर्न सकिन्छ ।

हाल यसको परीक्षण चलिरहेको छ । पूर्ण रूपमा सञ्चालनमा आए यो रेल १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिले कुद्न सक्छ । एजेन्सीबाट

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  विश्वकप उपाधिः फ्रान्सले विश्वकप जित्न सक्ने कारण यी हुन्
%d bloggers like this: