प्यासीको गजल: लिई राख मेर मुटु

सीतालाई लिन पक्कै राम आउने छ

अयोध्याको फेरि उस्तै नाम आउने छ

 

मुटुभरि तिम्रै माया जम्मा गरेको छु

लिई राख मेरो मुटु काम आउने छ

 

झ्यालको पर्दा खोलिराख्नु बिहानीमा तिमी

मेरै सन्देश लिई शिशु घाम आउने छ

 

भित्र मुटु, बाहिर मुटु सँगालेर हुन्न

मेरो मुटु बोकी तिम्लाई खाम आउने छ

 

चाल्दै जाउ सफर तिमी जिन्दगीमा सधैँ

तिम्लाई भेट्न पिरतीको धाम आउने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  यो रमाइलो चुट्किला पढौं, खुलेर हासौं
%d bloggers like this: