प्रहरी इन्काउण्टरमा कुख्यात अपराधी राजेश भारतीसहित ४ जनाको मृत्यु, आधा दर्जन प्रहरी घाइते

नयाँदिल्ली, जेठ २६ । दिल्ली पुलिसको स्पेशल सेलले दक्षिणी दिल्लीको छतरपुरमा शनिबार एक इन्काउण्टरमा चार जना कुख्यात अपराधीहरुलाई मारिदिएको जनाएको छ ।

इन्काउण्टरमा ६ जना प्रहरी पनि घाइते भएको बताइएको छ । भने एक जना अपराधीको उपचार भइरहेका छ ।

मारिनेमा कुख्यात अपराधी राजेश भारती पनि रहेको प्रहरीले जनाएको छ । भारतीसहित उसको ग्याङका ५ जना इन्काउण्टरमा गम्भीर घाइते भएका थिए ।

भारतीय अधिकारीका अनुसार उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो तर उनीहरुको बाटैमा मृत्यु भएकाे चिकित्सककाे भनाइ छ ।

कुख्यात अपराधी राजेश भारतीविरुद्ध कयौं गम्भीर आरोपसहित मुद्दाहरु दर्ता भएका बताइएको छ । साथै भारती हरियाणा प्रहरी हिरासतबाट फरार अभियुक्त पनि हुन । भारतीको सुराकीका लागि एक लाख भारतीय रुपैयाँको पुरस्कार पनि घाेषण गरिएकाे थियो ।

घटनाबारे विस्तृत अनुसन्धान शुरु भएको र थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  भूट्टो र शरिफकाे विरासत ताेड्दै, नयाँ शक्तिको रुपमा इमरानकाे उदय
%d bloggers like this: