वितरकमाथि किन खनिए सलमान खान ?

काठमाडौं, जेठ २६ । बलिउड अभिनेता सलमान खान निकै उदार दिलका छन् भन्ने गरिन्छ ।

केही समयअघि उनले आफ्नो फिल्म ‘ट्यूवलाइट’ फ्लप भएपछि वितरकहरुको ५० प्रतिशत रकम फिर्ता गरेका थिए ।

तर त्यो घटनाले सलमानलाई निकै पिरोलेको रहेछ । उनले हालै आफ्नो दुखेसो पोखेका छन् । एक कार्यक्रममा सलमान खानले अब यस्ता वितरकहरुसँग काम नगर्ने घोषणा गरे ।

उनले भने, ‘लगातार १५ वटा फिल्म हिट हुँदा पैसा कमाए । जब एउटा फिल्म फ्लप भयो उनीहरु पैसा फिर्ता माग्न घरमै आए । यो कस्तो खालको व्यवसायिकता हो ? अब म यस्ता वितरकसँग जिन्दगीमा काम गर्दिन ।’

सलमानले अब आफ्नो फिल्म आफैं वितरण गर्ने भएका छन् । अब यदि फिल्म हिट भएको खण्डमा सबै कमाई आफ्नो हुने र फ्लप भएमा वितरकहरुलाई पैसा फिर्ता गर्नु नपर्ने उनको भनाई छ ।

बलिउडका चर्चित स्टारडम खानको यस्तो घोषणाले भने वितरकहरु जिल्ल परेका छन् ।

सलमानको पछिल्लो फिल्म ‘रेस ३’ आगामी ३ जूनमा रिलिज हुँदैछ । ऐजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: