सेक्स गर्दा योनिबाहिर वीर्य खस्यो, त्यसलाई औंलाले टिपेर योनिमा राख्दा गर्भ रहन सक्छ ?                                                    

यौनसम्पर्कमा गर्भ रहने सम्भावना
कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ अर्थात् शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ ।

डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएका महिलाहरूमा १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र शुक्रकीट ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यत: महिनावारी सुरु भएको आठौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ ।

चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ, किनभने यो भरपर्दो नहुन सक्छ । तपाईंले आफ्नो महिनावारीका बारेमा केही पनि जानकारी दिनुभएका छैन । गर्भको सम्भावना महिनावारी अर्थात् डिम्ब निष्कासनसँग सम्बन्धित हुन्छ ।

सम्बन्धित् समाचार  यसकारण पुरुषले पूरा गर्न सक्दैन् महिलाको यौन सन्तुष्टी

बाह्य स्खलन

बाह्य स्खलन विधि : किशोरकिशोरीमाझ प्राय: अपनाइने उपायमध्ये एक भए पनि वयस्कमा यो बढ्दो रूपमा देखिएको छ । यो यौनसम्पर्कका बेला अब वीर्य स्खलन हुनै लाग्यो भन्ने स्थितिमा योनिबाट लिङ्ग झिकेर वीर्य योनिभन्दा बाहिर स्लखन गराउने विधि हो ।

वीर्य योनिमा नपरेपछि शुक्रकीट पाठेघरमा जान पाउने भएन र गर्भ रहने सम्भावना नै रहेन । अभ्यस्त नभएका व्यक्तिका लागि यसलाई प्रभावकारी तरिकाले अवलम्बन गर्न गाह्रो हुन्छ । लिङ्ग झिक्न ढिलो भै वीर्य योनिभित्रै वा योनिक्षेत्रमा झर्न सक्छ । यसले प्रभावकारिता कम गराउँछ ।

एकदम राम्रोसँग प्रयोग गरिएको स्थितिमा यसको प्रभावकारिता ४ प्रतिशत भए पनि सामान्यत: विभिन्न अध्ययनले यो विधी अपनाउँदा १५ देखि २५ प्रतिशत सम्म गर्भ रोक्न नसकेको देखाएको छ । यो विधि अपनाउँदा यौनरोग तथा एचआईभी सर्न सक्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

वीर्यलाई योनिमा 

धकेल्दा गर्भको कुरा

गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएको डिम्बको मिलनबाट हुन्छ ।

सामान्य रूपमा भन्नुपर्दा गर्भधारणका लागि मुख्य रूपमा
१. डिम्ब निष्कासन,
२. यौनसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निसेचन तथा
५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ ।

यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ ।

सम्बन्धित् समाचार  सेक्सबारे एउटा रोचक तथ्य सार्वजनिक

यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यहि नै पछि विकसित भएर शिशु बन्छ ।

तपाईंलाई पक्कै थाहा होला, वीर्यमै शुक्रकीट हुन्छन् र त्यसको मिलन नै महिलाको डिम्बसँग हुन्छ । योनिमा वीर्य पर्दा त्यसमा भएका मध्ये केही शुक्रकीट पाठेघरको मुख हुँदै पाठेघर अनि डिम्ब नलीसम्म पुग्न सक्छ । तपाईंले वीर्य योनिमा धकेल्नुभएको स्थितिमा पनि वीर्यमा भएको शुक्रकीटले गर्भधारण गराउन सक्छ ।

गर्भ चाहेको कि नचाहेको ?

तपाईंको सन्देशमा तपाईंले गर्भ चाहेको हो कि नचाहेको हो भन्ने कुरामा केही अस्पष्टता पाइन्छ । तपाईंको यौन साथीसँगको यौन सम्पर्कमा बाह्य स्खलन गरिएको कुरा बुझिन्छ । यसको अर्थ गर्भ नरहोस् भन्ने नै हुन्छ, तर तपाईंको साथीले वीर्य बाहिर किन स्खलित गराएको हो भन्ने कुराका सन्दर्भमा चाहेर गराइएको वा नचाहेर परिस्थितिवश बाहिर निस्कन पुगेको हो, स्पष्ट छैन ।

बाहिर निस्किएको वीर्य किन भित्रतिर पसाउन खोज्नुभएको हो, भन्ने कुरा पनि स्पष्ट छैन । तपाईंलाई थाहै होला, यौनसम्पर्कपछि पुरुषको वीर्य योनिमा स्खलित भएपछि बिस्तारै योनिद्वारबाट बाहिरतिरै आउँछ । यो स्वाभाविक हो । यसरी बाहिर आयो भन्दैमा गर्भ नै नरहने होइन ।

योनिमा स्खलित वीर्यमा भएका शुक्रकीटमध्ये केही पाठेघरतिर जान्छन्, जुन गर्भका लागि पर्याप्त हुन्छ । यदि तपाईंको केटासाथीले गर्भ नरहोस् भनेर बाह्य स्खलन गराएको र तपाईंले योनिभित्र उक्त वीर्य राख्न खोज्नुभएको हो भने परिस्थिति अर्कै हो । यहाँ दुवै यौनसाथीलाई गर्भको सम्भावनाका बारेमा जानकारी हुनु जरुरी छ । यसमा छल गरिनु हुँदैन ।

सम्बन्धित् समाचार  यौनसम्पर्क र यौन रोग

यसबाहेक पनि गर्भको सम्भावनालाई महिलाको उमेर, यौनसम्पर्क कति पटक राखिन्छ अनि यो महिनावारी चक्रको कुन बेला यौनसम्पर्क गरिन्छ भन्ने जस्ता कुराले प्रभाव पार्छन् । गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने चाहेर एक वर्षभन्दा बढी यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गराउनु मनासिव हुन्छ ।

सन्तान जन्माउन नसक्नुका केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छन् । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब १० प्रतिशतजति यस्ता घटनामा सन्तानहीनताको कारण नै पत्ता लाग्दैन ।

पुरुषको सन्दर्भमा पर्याप्त मात्रामा स्वस्थ शुक्रकीट उत्पादन भैरहेको छ कि छैन विचार गर्नुपर्छ । यो वीर्य परीक्षण गरेर सजिलै पत्ता लगाउन सकिन्छ । महिलाको सन्दर्भमा शरीरमा कतिपय हार्मोनको गडबडी भए पनि सन्तान उत्पादन गर्न नसक्ने हुन्छन् । केही परिस्थितिमा मानसिक कारण पनि यसका लागि जिम्मेवार हुन्छ ।

महिलाको प्रजनन अंगसँग सम्बन्धित विकारहरूका कारणले सन्तान जन्माउन नसक्ने हुनु सबैभन्दा प्रमुख कारण हो । यसको उपचार स्त्रीरोग विशेषज्ञको सल्लाहमा गरिनुपर्छ । साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: