भारतलाई हराउँद एसिया कप महिला टी२० क्रिकेटको उपाधि बंगलादेशलाई

काठमाडौं, जेठ २७ । भारतलाई हराउँदै एसिया कप महिला टी२० क्रिकेटको उपाधि बंगलादेशले जितेको छ ।

आइतबार भएको फाइनलमा बंगलादेशले भारतलाई ३ विकेटले पराजित गरेको हो । २००४ बाट सुरु भएको एसिया कप भारतको महिला टोलीले ६ पटक जितेको थियो ।

तर, मलेसियाको क्वालालम्पुरमा भएको फाइनल भिडन्तमा बंगलादेशले भारतलाई हराएको छ ।

पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन बनायो । उसका लागि मर्हनप्रीत कौर एक्लैले ४२ बलमा ५६ रनको महत्वपूर्ण पारी खेलिन् ।

जवाफमा बंगलादेशले ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि निगर सुल्तानाले २७ रन बनाइन् भने रुमाना अहमदले २३ रनको योगदान दिइन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सीपीएलः सन्दिपको टिम खेल्दै, बलिङ रोज्यो [LIVE]
%d bloggers like this: