अन्तिम अभ्यासमा ब्राजिलको सानदार जित, नेयमारको गोल

ब्राजिलले विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको छ ।

ब्राजिललाई जिताउन ग्याब्रियल जिसस, नेयमार र फिलिप कोटिन्होले गोल गरे ।

जिससले ३५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएको खेलमा नेयमारले ६३ औं मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । खेलको अन्तिम गोल कोटिन्होले ६९औं मिनेटमा गरेका थिए ।

पछिल्ला सात खेलमा अपराजित रहेको अष्ट्रियाले कुनै पनि गोल गर्न सकेन । पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले यसपटकको विश्वकपको पहिलो खेल जुन १७ अर्थात असार ३ गते तारिखमा स्वीट्जरल्याण्सँग खेल्दैछ ।

ब्राजिल रहेको समुह ई मा ब्राजिल र स्विट्जरल्याण्डसँगै कोस्टारिका र सर्विया छन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्