जेसीजद्धारा विद्यार्थीलाई पंखा

झापा । जिल्लाको बिर्तामोडस्थित वीरता जेसीजले अर्जुनधारा–५ बैसाबाडीमा रहेको नवज्योति आधारभूत विद्यालयलाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

चर्को गर्मीमा विद्यार्थीलाई कक्षा कोठामा बस्न र पठन–पाठन गराउन समस्या भएपछि विद्यालयको आग्रहमा पंखा (सिलिङ फेन) लगायत सामग्री हस्तान्तरण गरेको हो ।

आइतबार एक कार्यक्रमको आयोजना गर्दै जेसिसले विद्यार्थीका लागि कपी, फुटबल, भलिबल, कुर्सी प्रदान गरेको थियो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षता तथा पूर्व अध्यक्ष एवम् समाजसेवी राजेन्द्रकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष जीवनकुमार खतिवडा र प्रधानाध्यापक कमलप्रसाद भण्डारीलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।

वीरता जेसीजको तर्फबाट प्रमुख अतिथि थापा, अध्यक्ष गिरी, कार्यक्रम संयोजक ओमप्रकाश लुइँटेल, सहयोगदाताहरुले सामग्री हस्तान्तरण गरेका थिए ।

समाजसेवी घनेन्द्रराज खनाल, श्रेया डान्स सेन्टरकी गीता ढुंगेल, पपुलर बुक्सका चेतन ढुंगाना, खगेन्द्र काष्ठ फर्निचर उद्योगका सञ्चालक खगेन्द्रप्रसाद खरेल लगायतले उक्त सामग्री सहयोग प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि विद्यालयका लागि जग्गादाता परिवारका सदस्य समेत रहेका थापा, सहयोगदाता घनेन्द्रराज खनाल, अध्यक्ष खतिवडा लगायतले मन्तव्य राखेका थिए ।

प्रकरण निर्देशक विशाल थापाले आस्था वाचन र तालिम संयोजक विकास बस्नेतले जेसीआई मिसन भिजन वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव कमलप्रसाद पाण्डे विनोदले गरेका थिए ।

सन् २०१८ का रक्तदान संयोजक रहेका उक्त कार्यक्रमका संयोजक लुइँटेलले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्