पीएम कपः उपाधि भिड्न्त, आर्मीले टस जितेर ब्याटिङ गर्दै (लाइभ)

काठमाडौं, जेठ २८ । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब खेलिरहेका छन् ।

विहान नौ बजे शुरु भएको अन्तिम खेलमा आर्मीले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ ।

प्रतियोगिता क्रिर्तिपुर स्थित टियु क्रिकेट मैदानमा भइरहेको छ ।

राष्ट्रिय खेलाडी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी क्लब र राष्ट्रिय टोलीका भेट्रान बलर वसन्त रेग्मी नेतृत्वको एपिएफबीच फाइनल उपाधिका लागि खेल भइरहेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को अयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको उक्त प्रतियोगितामा आर्मी क्लब अपराजित टोली हो।

प्रतियोगितामा एपिएफले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ ।
एपिएफको बलिङ आर्मीको तुलनामा प्रभावकारी बन्न सकेको छैन। यसअघि समूह चरणमा आर्मी क्लबले एपिएफलाई पराजित गरेको थियो।

लाइभ स्कोरका लागि यो लिंकमा क्लिक गर्नसक्नुहुन्छः

http://www.espncricinfo.com/series/11132/game/1147859/armed-police-force-club-vs-tribhuwan-army-club-final-prime-minister-cup-2018/

सेमिफाइनलमा आर्मीले प्रदेश नं ५ लाई १५४ रनले तथा एपिएफले नेपाल पुलिसलाई नौ रनले हराउँदै फाइनलमा भिडन्त पक्का गरेका हुन्।

प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

पहिलो पटक संघीय संरचनाअनुसार आयोजना गरिएको उक्त एकदिवशीय प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ।

कमेन्ट गर्नुहोस्