१२ बजेको अपडेटः कारोबार सुरु भएको एकघण्टामै शेयरबजार हरियो

काठमाडौं । साताको दोस्रो दिन अर्थात सोमबार नेप्से कारोबार सुरु भएको एक घण्टामै बजार हरियो भएको छ ।

कारोबार भएदेखि ५० मिनेटसम्म घटेको बजार १० मिनेटमा शून्य दशमलव १५ प्रतिशतले बढेको हो । १ दशमलव ९० अङ्कले बढेर १ हजार २ सय ३३ दशमलव ५४ विन्दुमा पुगेको छ ।

कारोबार भएका १ सय ८ कम्पनीको रू. ६ करोड १२ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका १० समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  दशैं खर्च संकलनका कारण नेप्सेमा दबाब
%d bloggers like this: