अँगालोमा बेरिएर ‘किस’ गर्दै ट्रंप-किम (भिडियोसहित)

संसारको ध्यान सिङ्गापुर तर्फ छ, उता ट्रंप र किम भने हङकङका सडकमा रमाउँदै हिंडिरहेका पो छन् ।

उनीहरू  एकअर्कालाई अँगालो हाल्दै सेल्फी खिँचाइरहेको भिडियो इन्टरनेटमा भाइरल भएको छ ।

पर्यटकहरूलाई छक्क पार्दै दुई नेताहरूले एकअर्कालाई चुम्बन गरेको दृश्य समेत देख्न पाइयो । यसले दुई नेताबीच गहन मित्रता रहेको देखिन्थ्यो ।

तर यी दुई व्यक्ति वास्तविक ट्रंप र किम भने थिएनन् । यी थिए सिकागोका ६६ वर्षीय संगीतकार डेनिस एलनले डेढ घण्टा लामो मेकअपपछि ट्रंपको रुप प्राप्त गरेका थिए भने किमको रूपमा हावर्ड भन्ने व्यक्ति देखा परेका थिए ।

एउटा प्र्यांक भिडियोको दृश्यांकन  लागि तयार भएका उनीहरूलाई देखेर पर्यटकहरू जिल्ल परेका थिए।

हेरौं यसको भिडियो:

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सलहेशः प्रेमप्रतीकका रुपमा
%d bloggers like this: