ट्रम्प-किम एेतिहासिक वार्ता: के छ संयुक्त दस्तावेजमा ?

सिंगापुरमा भएकाे शिखर वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले  सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उत्तर काेरिया परमाणु निशस्त्रिकरणका लागि तयार भएकाे बताएका छन् ।

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प वार्ता निकै सकारात्मक र एतिहासिक भएको प्रतिक्रिया दिए । तर, उनले संयुक्त दस्तावेजमा भएका कुरा सार्वजनिक गरेनन् । दिवाभोजपछि हुने पत्रकार सम्मेलनमा संयुक्त दस्तावेज सार्वजनिक गर्ने कार्यक्रम छ ।

यस्तै शिखर वार्तापछि उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए । उनले राष्ट्रपति ट्रमलाई अंग्रेजीमा ‘नाइस टु मिट यू, मिस्टर प्रेसिडेन्ट’ भनेका थिए ।

शिखर वार्ता, संयुक्त दस्तावेजमा हस्ताक्षर र फोटो सेसनमा राष्ट्रपति ट्रम र नेता किम निकै प्रसन्न देखिएको छन् । दुवै नेताले वार्ता एेतिहासिक भएको प्रतिक्रिया दिएबाट वार्ता सकारात्मक भएको र यसले विश्वलाई नयाँ सन्देश दिने आँकलन गरिएको छ ।

तर, वार्ता सकारात्मक भनिए पनि वार्तामा भएका दुई पक्षीय ‘डिल’का बारेमा भने सबै अनविज्ञ छन् ।

विश्लेषकहरूले संयुक्त दस्तावेजमा वार्तालार्इ िनरन्तरता दिने, दुवै देशबाट उच्च स्तरकाे भ्रमणका लागि निम्ताे दिने, उत्तर काेरियामाथि लाग्दै अाएकाे नाकाबन्दीका बारेमा पुर्विचार गर्ने र अमेरिकाले उत्तर काेरियाकाे विकासमा सघाउनेलगायत प्याकेज संयुक्त दस्तावेजमा भएकाे अनुमान गरेका छन् ।

नेता किमले देशमाथि लागेको अन्तर्राष्ट्रिय नाकाबन्दी तोडेर देशलाई समृद्धितिर लैजान चाहान्छन्, भने राष्ट्रपति ट्रमलाई आफ्माथि लागेको अविश्वासको आरोप र आगामी निर्वाचनका लागि सिट सुरक्षित गर्नु मुख्य ध्येय देखिन्छ ।

कमेन्ट गर्नुहोस्