आज कति छ सुनचाँदीको बजार मूल्य !

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य यथावन नै रहेको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला मूल्य ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, मंगलबार चाँदीको प्रतितोला मूल्यमा कुनै परिवर्तन आएको छैन ।

सोमबार चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँमा काराबोर भएको थियो । मंगलबार पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!