किमलाई भटेपछि ट्रम्पको पहिलो प्रतिक्रियाः निकै प्रतिभावान र आफ्नो देशलाई एकदमै माया गर्ने व्यक्ति

काठमाडौं, जेठ २९ । अमरीकी राष्ट्रपति डोनल्ड ट्रंप र उत्तरकोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच एतिहासिक वार्ता सम्पन्न भएको छ । वार्ता निकै सकरात्मक भएको बताइएको छ ।

तर वार्तामा कुन कुन विषयमा सहमति भयो वा सहमति भयो यसबारेमा भने अहिलेसम्म सार्वजनिक भएको छैन । र केही घण्टापछि दुबै नेता स्वदेश फर्किने तयारीमा छन् ।

वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने,‘
आज जे भएको छ त्यसमाथि ठुलो गर्व महसूस गरिरहेको छु । उत्तर कोरिया र कोरियाली प्रायद्वीपमा हामीहरुबीच जुन पुरानो स
म्बन्ध थियो त्यसमा अब ठूलो परिवर्तन हुनेछ ।’

ट्रम्पका अनुसार उनी र किमबीच एउटा राम्रो सम्बन्ध बनेको छ । ट्रम्पले किमको उच्च प्रशंसा गर्दै भने, ‘उनी निकै प्रतिभावान व्यक्ति छन् र आफ्नो देशलाई औधी माया गर्छन् ।’

पत्रकार सम्मेलनमा सर्वोच्च नेता किमले भने, ‘विश्वले अब एउटा ठूलो परिवर्तन देख्नेछ ।’ पत्रकार सम्मेलनमा सम्झैेतामा हस्ताक्षर गर्दै दुई नेताले मुस्कुराउँदै हात मिलाए ।

मानिसहरुले सोचे र अनुमान गरेभन्दा वार्ता निकै फलदायी भएको ट्रम्पको दाबी छ । जसका कारण अब हामी धेरै क्षेत्रमा सँगै अगाडि बढिरहेका छौं ।

सम्बन्धित् समाचार  ट्रंप राष्ट्रपति बन्न नैतिक रूपमा अयोग्य: जेम्स कोमी

तर अहिलेसम्म दुई नेताहरुबीच कुनकुन विषयमा हस्ताक्षर हुदै छ भन्नेबारेमा स्पष्ट पारिएको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: