विराटले यस्तो संकेत दिए

मुम्बई । बलिउड क्षेत्रका चर्चित अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका क्याप्टेन विराट कोहलीले केही महिनाअघिमात्र भव्यरूपमा विवाह बन्धन बाँधिएका थिए ।

लामो समयदेखिको उनीहरुको प्रेमसम्बन्धका बारेमा निकै चर्चा चलेपनि विवाहपछि पनि त्यत्ति नै चर्चा चलिरहेको छ । कारण हो, विराट भारतीय क्रिकेट टिमका क्याप्टेन हुन् अनि अनुष्का बलिउडकी लोकप्रिय अभिनेत्री ।

यी दुईबीचका हरेक कुरा मिडियाका लागि राम्रै मसला हुने गरेको छ । अहिले फेरि एउटा कुरा सनसनीका रूपमा फैलिएको छ । विराटले हालै आफूहरूले चाँडै सन्तान जन्माउन चाहेको बताएका छन् । विराटले भनेका छन्– परिवार मेरा लागि निकै महत्वपूर्ण पाटो हो, आफ्नो परिवारको चिन्ता अरू कुराभन्दा धेरै माथि छ ।

विराटले दिएको यो संकेत बुझ्न खासै कठिन छैन । यद्यपि अनुष्काले भने यो विषयमा केही बोलेकी छैनन् । जानकारहरू अनुसार अनुष्का पनि सन्तान जन्माउने पक्षमा छिन् । विराटको यो संकेत कहिले पुष्टि हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  विराट बने नम्बर १ ब्याट्समेन, अन्यको स्थान कस्तो ? हेर्नुस् खेलाडीकाे सूचि
%d bloggers like this: