दबङ्ग अमेरिका उत्तर कोरियासामु रक्षात्मक !

सिङ्गापुर, विश्वका राजनीतिक मामिलाहरुमा हावी हुँदै आएको अमेरिका उत्तर कोरियासँगको वार्तामा भने कमजोर परेको टिप्पणी शुरु भएको छ ।

कतिपयले अमेरिका र कोरियाबीचको वार्तामा अमेरिकाले कडा शर्तसहित सम्झौत गर्ने अनुमान गरेपनि जारी भएको चार बुँदे सम्झौता उत्तर कोरियाले राख्दै आएको अडानलाई समर्थन गर्ने भन्दै आलोचना सुरु भएको हो ।

अर्काका कट्टर आलोचक ठानिएका यी दुई नेताहरूको यस नाटकीय भेटघाट र यसको समग्र परिणाम उत्तर कोरियाको पक्षमा पर्न गएको कतिपयको मत छ ।

मंगलबार सिंगापुरमा दुबै देशका राष्ट्राध्यक्षले जारी गरेको संयुक्त विज्ञप्तीका चारवटा बुँदा नयाँ नभई यसअघि नै अप्रिलमा दक्षिण कोरियासँगको वार्तामा भएको सहमति रहेको छ ।

कुनै समय एक अर्काका कट्टर आलोचक ठानिएका यी दुई नेताहरूको यस नाटकीय भेटघाट र यसको समग्र परिणाम उत्तर कोरियाको पक्षमा पर्न गएको कतिपयको मत छ ।

यसका पछाडि तीन प्रमुख सम्भावनाहरू रहेका छन्:

एक त पहिले आजकै निम्ति तय भइसकेको वार्ता अचानक भङ्ग गरेर ट्रंप केही बद्नाम भैसकेका थिए उता उत्तर कोरियाले भने यस दौरान निकै संयमित र परिपक्व व्यवहार देखाएको थियो ।

उसले पुन्मुनजोनमा दुई कोरियाबीच वार्ता भएयता नै उत्तर कोरियाले यस ऐतिहासिक वार्ताको लागि तयारी गरिराखेको थियो र उसले यसमा कूटनीतिक सफलता पनि पाएको छ ।

यस वार्ताको परिणाम उत्तर कोरियाको पक्षमा देखिनुको अर्को कारण पनि अमेरिकी राष्ट्रपति ट्रंप नै हुन् ।

ट्रंपलाई धेरैले राजनीतिभन्दा व्यापार बढी जानेको नेताका रूपमा आलोचना पनि गर्ने गरेका छन् र कता कता हालका उनका गतिविधिहरूले यसको पुष्टि समेत भएको छ ।

उनी यसपाली अधिकतम ‘फाइदा’लाई आर्थिक पैमानाबाट नापिरहेका छन् । पत्रकारहरूसँग कुराकानीका क्रममा उनले भनेका छन् ‘गेम अफ वार’ भनिने दक्षिण कोरिया र अमेरिकाले प्रत्येक वर्ष गर्ने गरेको सैन्य अभ्यास साह्रै खर्चिलो छ र त्यसमा दुवै देशको लगानी रहने गरेको भए पनियो तुलनात्मक रूपमा दक्षिण कोरियाले थोरै लगानी गर्ने भएकाले त्यो फाइदाजनक नभएको प्रतिक्रिया दिइसकेका छन् ।

यस अघि नै उनले उत्तर एटलान्टिक सन्धि संगठन-नाटोमा अमेरिकाले गर्ने लगानीप्रति समेत आफ्नो असहमति जनाइसकेका छन् ।

यति मात्र हैन यस अघि नै उनले उत्तर एटलान्टिक सन्धि संगठन-नाटोमा अमेरिकाले गर्ने लगानीप्रति समेत आफ्नो असहमति जनाइसकेका छन् ।

क्युबेकमा जारी रहेको जी- सेभेन बैठकमा उनले रुसलाई समेत उक्त समुहमा सामेल गरेर यसलाई जी- एट बनाउने आशय मात्र व्यक्त गरेनन् अमेरिकाले बराबरीका सम्झौताहरू मात्र गर्ने भन्दै सम्मेलन एक किसिमले बहिस्कार नै गरे ।

क्यानाडेली प्रधानमन्त्रीसँगको ठाकठुक होस् या पारम्परिक साझेदार युरोपियन युनियनसँगको इरान विषयमा मनमुटाव ट्रंपले एरिकी राजनीतिको कोर्स फेर्ने दुस्साहस गर्दैछन् भन्ने अनुमान लगाउन सकिन्छ ।

अर्को महत्वपूर्ण कुरा भनेको बढ्दो चिनियाँ वर्चस्व र उसको वैश्विक उपस्थित हो जुन सैन्य रूपमा नभएर आर्थिक रूपमा देखिएको छ । चीनको वैश्विक व्यापारिक उपस्थितिको काट पनि व्यापार नै हो भन्ने व्यापारमा सिपालु त्रम्प्ले राम्ररी बुझेका हुनु पर्दछ ।

छोटो समयमा देखिएको यस नाटकीय परिवर्तनले विश्व राजनैतिक परिघट्नाहरू कुनै पूर्वनिर्धारित सिद्धान्तहरूले भन्दा पनि राजनेताहरूका साहसी निर्णयहरूले निर्देशित हुँदा रहेछन् भन्ने कुरा चाहिं प्रष्ट पारिदिएको छ ।

तर यति हुँदाहुँदै पनि ट्रंपका बारेमा यति छिटै सहज अनुमान लगाइहाल्नु भने हतार नै होला । तैपनि दुई देशका राष्ट्राध्यक्षहरूबीच सिङ्गापुरमा भएको वार्ताले अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा फरक युगको सुत्रपात गरेको छ र कोरियाली प्रायद्वीपमा दिगो शान्तिको सभावना बढेर गएको छ । यो शान्ति दुई कोरियाका निम्ति मात्र नभएर समग्र विश्व समुदायका लागि उत्तिकै महत्वपूर्ण हुने कुरामा भने दुई मत नहोला ।

तर अझै पूरा गर्नु पर्ने धेरै वाचाहरू छन् र दुई तर्फी अपेक्षाहरू छन् । तर छोटो समयमा देखिएको यस नाटकीय परिवर्तनले विश्व राजनैतिक परिघट्नाहरू कुनै पूर्वनिर्धारित सिद्धान्तहरूले भन्दा पनि राजनेताहरूका साहसी निर्णयहरूले निर्देशित हुँदा रहेछन् भन्ने कुरा चाहिं प्रष्ट पारिदिएको छ ।

कमेन्ट गर्नुहोस्